डी मारियाको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शानदार जित « Khabarhub

डी मारियाको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शानदार जित


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले रेनसलाई ३-० गोलले पराजित गरेको छ ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन एन्जल डी मारियाले दुई गोल गरे । मोइज किनले थप एक गोल गरे ।

चोटका कारण दुई मुख्य खेलाडी नेयमार र केलियन एमबाप्पे बिना मैदान उत्रिए पनि पीएसजीले सहज जित निकालेको हो ।

खेलको ११औं मिनेटमा किनको गोलबाट पीएसजीले अग्रता बनाएको थियो । २१औं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।

खेलको ७३औं मिनेटमा डी मारियाले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए । जितसँगै पीएसजीले आफ्नो शीर्ष स्थानको अग्रता कायम राखेको छ ।

पीएसजीले १० खेलमा २४ अंक जोडेको छ । १० खेलमा १८ अंक जोडेको रेनस तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १० : ४५ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका