प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त « Khabarhub

प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काँग्रेसले प्रजातन्त्र सेनानी खड्गबहादुर श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी पार्टी मोरङका पूर्वमहाधिवेशन प्रतिनिधि श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

श्रेष्ठको शुक्रबार ९३ वर्षको उमेरमा मोरङको मिक्लाजुङ गाउँपालिकास्थित आफ्नै निवासमा निधन भएको थियो ।

स्वर्गीय श्रेष्ठले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको काँग्रेसले जनाएको छ ।

काँग्रेसले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ११ : ५४ बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको