राष्ट्रपति भण्डारी र प्रम ओलीद्वारा बाइडेन र ह्यारिसलाई बधाई | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी र प्रम ओलीद्वारा बाइडेन र ह्यारिसलाई बधाई


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन् ।

आज बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गरेकामा बाइडेन र ह्यारिसलाई बधाई ज्ञापन गरेका थिए ।

नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्रीले ओलीले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १२ : ५५ बजे

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

काठमाडौं- नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ ।

ऊर्जाविद् डा.मुकेश काफ्लेको ठहर– ‘नेपालमा औद्योगिक लगानीको वातावरण छैन’

तेस्रो लगानी सम्मेलन सकिएको छ । विगतमा भएका दुई वटा

सशस्त्रका १६ डीआईजी र १८ एसएसपीको एकसाथ सरुवा

काठमाडौं- सशस्त्र प्रहरी बलका १६ जना डीआईजी र १८ जना

व्यापार-व्यवसाय फस्टाएमात्र श्रमअधिकार स्थापित हुन्छ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्योग तथा व्यापार व्यवसाय

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !

खोटाङ– तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने