राष्ट्र बैंकले सोमबार १७ अर्बको ट्रेजरी बिल बिक्री गर्दै « Khabarhub

राष्ट्र बैंकले सोमबार १७ अर्बको ट्रेजरी बिल बिक्री गर्दै


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमवार १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको ट्रेजरीबिल बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो ।

बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो । त्यसमध्ये रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिनेछ । उक्त बिल आगामी मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गरिदैछ ।

उक्त बिल आगामी माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै रु १२ अर्ब बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त ट्रेजरी बिल भने २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ । बैंकले यही कात्तिक १७ गते एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १० : ०९ बजे

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण