राष्ट्र बैंकले सोमबार १७ अर्बको ट्रेजरी बिल बिक्री गर्दै « Khabarhub

राष्ट्र बैंकले सोमबार १७ अर्बको ट्रेजरी बिल बिक्री गर्दै


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमवार १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको ट्रेजरीबिल बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो ।

बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो । त्यसमध्ये रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिनेछ । उक्त बिल आगामी मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गरिदैछ ।

उक्त बिल आगामी माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै रु १२ अर्ब बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त ट्रेजरी बिल भने २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ । बैंकले यही कात्तिक १७ गते एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १० : ०९ बजे

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार