माकुराले पनि मानिसले जति नै मासु खाने ! « Khabarhub

माकुराले पनि मानिसले जति नै मासु खाने !


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माकुरा आफैमा धेरै नै शक्तिशाली सिकारी जीव हो भन्ने कुरा धेरैलाई थाहा छैन होला ।

पृथ्वीमा भएका माकुराहरुले एक वर्षमा करीब ४० देखि ८० करोड टन किटपतंग खाने गर्दछन् ।

साइन्स अफ नेचर जर्नलमा प्रकाशित शोधका अनुसार प्रकृतिमा झण्डै २ करोड ५० लाख टन माकुरा छन् ।

अर्थात् पृथ्वीको प्रत्येक एक वर्गमिटरमा १३१ वटा माकुरा छन् । घाँसे मैदानमा माकुराको संख्या १५२ देखि १ हजार सम्म पुग्दछ ।

मार्टिन निफेलर र क्लाउस बिर्खोफरले गरेको अध्ययन अनुसार यी मांशाहारी जिवले विभिन्न किराहरुलाई मारेर सिकार बनाउँछन् ।

यिनीहरुले वर्षमा ४० देखि ८० करोड टन किटपतंगको शिकार गर्दछन् ।

माकुराले गर्ने यो शिकारको तौल भनेको धर्तीमा रहेका सबै मानिसको तौल भन्दा पनि बढी हो । धर्तीमा भएका सबै मानिसको तौल जम्माजम्मी ३५ करोड ७० लाख छ । त्यसको अर्थ एक वर्षभरमा माकुराले संसारमा भएका सबै मानिसलाई खाएर पनि अघाउँदैनन् ।

वैज्ञानिकहरुका अनुसार रोग फैलाउने विभिन्न खाले किराहरुलाई खाइदिएर माकुराले मानिसलाई ठूलो सहयोग गरिरहेका हुन्छन् ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ५ : १५ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा