क्रिसमसपछि अमेरिकामा संक्रमणको नयाँ लहर देखिने डा.फाउचीको चेतावनी « Khabarhub

क्रिसमसपछि अमेरिकामा संक्रमणको नयाँ लहर देखिने डा.फाउचीको चेतावनी


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विज्ञ डाक्टर एन्थोनी फाउचीले क्रिसमसपछि कोरोना भाइरसको अर्को लहर आउने चेतावनी दिएका छन् ।

‘थ्याङस्गिभिङ डे’पछि कोरोनाको सङ्क्रमण बढेकाले  क्रिसमसपछि संक्रमण झन् बढ्ने फाउचीको चेतावनी छ ।

क्रिसमस र नयाँ वर्षको छुट्टीको समय थप चुनौतिपूर्ण बन्न सक्ने र त्यो नयाँ लहर ल्याउने कारक बन्न सक्ने उनले चेतावनी दिएका छन् ।

सीएनएनसँग कुराकानीमा फाउचीले भने,’यो लामो बिदाको समय भएकाले यसले परिस्थितिलाई थप जटिल बनाउन सक्छ।’

फाउचीलाई राष्ट्रपति-निर्वाचित जो बाइडनले कोभिडका विषयमा आफ्नो प्रमुख चिकित्सा सल्लाहकारको रूपमा काम गर्न आग्रह गरेका छन् ।

अमेरिकामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या औसतमा दैनिक दुई लाख पुग्दै आएको छ ।

अस्पतालहरू कोरोना भाइरसका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्युयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन् ।

अमेरिकामा अहिले १ करोड ५३ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । मंगलबार बिहानसम्म त्यहाँ दुई लाख ९० हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : ०१ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि