इरानी वैज्ञानिकको हत्यामा 'आर्टिफिसयल इन्टेलिजेन्स'सहितको मेसिन गन प्रयोग | Khabarhub Khabarhub

इरानी वैज्ञानिकको हत्यामा ‘आर्टिफिसयल इन्टेलिजेन्स’सहितको मेसिन गन प्रयोग


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इरानका वरिष्ठ आणविक वैज्ञानिकको हत्यामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’सहितको स्याटलाइट नियन्त्रित मेसिनगन प्रयोग भएको दाबी गरिएको छ ।

नोभेम्बर २७ मा तेहरान शहरभन्दा बाहिर मोहसेन फक्रिजादे सवार गाडीमा गोली प्रहार गरेर उनलाई मारिएको थियो।

‘आर्टिफिसियल इन्टेलिजेन्स’सहितको स्याटलाइट नियन्त्रित मेसिनगन एउटा पीकअप गाडीमा राखेर फक्रिजादेको हत्या गरिएको इरानको रेभुलस्नरी गार्ड्सका सहायक रथी अलि फदवीले दाबी गरेका छन् ।

छेवैमा रहेकी वैज्ञानिककी श्रीमतीलाई कुनै असर नगरीकन ती वैज्ञानिकको अनुहार पहिचान गरेर तेह्रवटा गोली हानिनुले पनि त्यसको पुष्टि गर्ने फदवीले बताएका छन् ।

इरानका सर्वोच्च नेता अयातोल्हा अली खामेनेईले उक्त हत्याको बदला लिइने चेतावनी दिएका छन् ।

इरानले घटनामा इजरायलको संलग्नता रहेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १२ : ३९ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।