अवैध आप्रवासी कामदारले डिसेम्बर अन्त्यसम्ममा बहराइन छाडिसक्नुपर्ने « Khabarhub

अवैध आप्रवासी कामदारले डिसेम्बर अन्त्यसम्ममा बहराइन छाडिसक्नुपर्ने



दोहा : बहराइनमा गैरकानुनी रुपमा बसेका नेपालीसहित बिदेशी कामदारले वैधानिक हुन् वा डिसेम्बर अन्त्यसम्ममा मुलुक छोडि सक्नु पर्ने जनाएको छ ।

बहराइनस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै बहराइनमा अवैध तथा कागजातविहीन (अनडकुमेन्डेट) नेपाली कामदारहरुले आगामी डिसेम्बर ३१ सम्म बहराइन छाडिसक्नु पर्ने जनाएको छ ।

यस प्रक्रियामा जना छुट्नु भएका नेपाली कामदारहरुले सो समय भित्रै अवसरको सदुपयोग गर्न पनि दूतावासले सबै नेपालीमा अनुरोध गरेको छ ।

बहराइनको लेवर मार्केट रेगुलेटोरी अथ्योरिटी (एलएमआरए) ले गत ७ अप्रिल २०२० देखिनै लागू हुनेगरी अवैध रुपमा रहँदै आएका आप्रवासी श्रमिकहरुका लागि आममाफीको घोषणा गरेको थियो ।

स्वदेश फर्किन समस्या भए सम्पर्क गर्नु : एनआरएनए बहराइन

कोरोना महामारीका करण श्रमिकहरुलाई कुनै समस्या भए सम्पर्क गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनमा सम्पर्क गर्न आग्रह गरेको छ ।

एनआरएनएले एक सूचना जारी गर्दै बहराइनमा कार्यरत दाजुभाई दिदि बहिनीहरु, कोभिड–१९ का कारण समस्यामा परेका अथवा कोरोना महामारिका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या परेको भए सम्पर्क गर्न अनुरोध गरेको छ

खान बस्नको लागि समस्या भएका, अलपत्रमा परेका र मानसिक स्वास्थ्य सम्बन्धि समस्याहरुलाई तत्काल संघ समक्ष सम्पर्क गर्न आग्रह गरेका हुन् । नेपाल जानको लागि हवाई टिकट पिसिआर परीक्षण लगायतमा सहयोग गर्ने जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १ : ०६ बजे

जेन-जी आन्दोलनमा भएको तोडफोड र आगजनीविरुद्ध एमालेले दियो प्रहरीमा जाहेरी

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालय, पार्टी कार्यालयका साथै निजी

मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलान्यास

कर्णाली– कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा मानव सेवा आश्रमको

लुम्बिनीले इनिङको पहिलो बलमै गुमायो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भए कृष्णप्रसाद यादव

जनकपुरधाम- नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको