ताइवानद्वारा चीन समर्थित मिडियाको लाइसेन्स नवीकरण गर्न अस्वीकार « Khabarhub

ताइवानद्वारा चीन समर्थित मिडियाको लाइसेन्स नवीकरण गर्न अस्वीकार


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइपेइ– ताइवान सरकारले चीन समर्थित मिडियाको लाइसेन्स नवीकरण गर्न अस्वीकार गरेको छ ।

ताइवानको राष्ट्रिय सञ्चार आयोगले रिपोर्टिङका नियमहरूको बारम्बार उल्लंघन गरेको उल्लेख गर्दै चीन समर्थित सञ्‍चारमाध्यमहरुको लाइसेन्स नवीकरण गरिने बताएको हो ।

राष्ट्रिय सञ्‍चार आयोगले चीन समर्थित मिडिया सीटीआई टिभीको नवीकरणका लागि दिएको निवेदन नै खारेज गरेको छ । सीटीआई टिभी वान्ट वान्ट चाइना टाइम्स समूहको स्वामित्वमा रहेको छ । जसले ताइवानको एक मुख्य समाचारपत्र ताइवान न्युज पनि प्रकाशित गर्दछ र लामो समयदेखि बेइजिङमैत्री राजनीतिक दृष्टिकोणसँग सम्बन्धित छ ।

यसले ताइवानको आन्तरिक राजनीति भड्काउने र सरकारविरुद्धका गतिविधिहरु सञ्‍चालन गर्नमा ठूलो सहयोग गरिरहेको पाइएको छ ।

ताइवान डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीको नेतृत्वमा रहेको सरकारले चीनको टापुको दाबीलाई अस्वीकार गरेको छ । बेइजिङद्वारा लगाइएको कूटनीतिक पृथकीकरण र ताइवानको व्यापार सम्भ्रान्तलाई जित्नको लागि प्रयास गरेको छ ।

उनको निर्णयमा एनसीसीका अध्यक्ष चेन याव-श्याले उक्त स्टेशनविरूद्ध चीन समर्थक पक्षपातको कुनै खास आरोप लगाएनन् । “सबैभन्दा ठूलो समस्या टिभी स्टेशनको समाचार उत्पादन र प्रसारणमा बाह्य हस्तक्षेप हो । यो कुरा गर्ने ठूलो समस्या हो,” इजाजतपत्र समीक्षाको नतीजा घोषणा गर्दै चेनले एक पत्रकार सम्मेलनमा भने ।

ताइवानमा एसियाकै सबैभन्दा जीवन्त स्वतन्त्र मिडिया वातावरण रहेको छ । “ताइवानमा केवल एक मात्र आवाज हुन सक्दैन,” ताइवानले भनेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ३ : ३३ बजे

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रिय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रिय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा

शेखरसँग देउवाले भने : गगनले मेरो स्वास्थ्यबारे समेत सोधेनन्, एक्लै अघि बढिसके, कुरा गर्न तयार छैनन्

काठमाडौं- नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र अर्का नेता डा.