रुसले नेपालको जलविद्युतमा लगानी गर्ने « Khabarhub

रुसले नेपालको जलविद्युतमा लगानी गर्ने


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ ।

नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो ।

रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंक नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिए । त्यस्तो लगानी सरकार–सरकारबीचको सम्झौतामा गर्न चाहेको प्रतिनिधि मण्डलले जनाएको छ ।

राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत उत्पादन र वितरणसम्बन्धी कानूनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो । यस्तै नेपालमा विद्युत र सिंचाइका संयुक्त आयोजनाको सम्भाव्यताबारे पनि टोलीको चासो थियो ।

रसियन प्रतिनिधि मण्डलले उत्पादित विद्युत आफ्नै उद्योगमा खपत गर्न सकिने/नसकिने विषयमा समेत मन्त्री पुनसँग प्रश्न गरेको थियो । प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’ का रुपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकभले बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ३ : ५९ बजे

आरुघाटमा नेपाली सेनाबाट बेलिब्रिज निर्माण (तस्बिर)

गोरखा– गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा

चितवनमा माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले प्रतिबन्धित माउर माछापालन गरेका मत्स्य

मधेस सरकार गठनबारे दलहरुबीच संवाद भइरहेको छ : प्रचण्ड

महोत्तरी– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

पोखरा महानगरद्वारा स्वरोजगार प्रवर्द्धनमा जोड

कास्की– सीप विकासमार्फत रोजगारी सिर्जना, स्वरोजगार प्रवर्द्धन गरी बेरोजगारी न्यूनीकरण गर्ने

कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको