यी हुन ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका ३ जिल्ला « Khabarhub

यी हुन ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका ३ जिल्ला


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका तीन जिल्लामा मात्र ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।

मंगलबारको तथ्यांक अनुसार काठमाडौं, ललितपुर र कास्कीमा मात्रै ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । यसैगरी मनाङ र डोल्पामा एक जना पनि संक्रमित नरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।

मन्त्रालयले हाल देशभर सक्रिय संक्रमित १२ हजार ६८६ अर्थात ५.२१ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३८२ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ६२१ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

यस्तो छ मन्त्रालयको विवरण

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ४ : ५१ बजे

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक