काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका तीन जिल्लामा मात्र ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।
मंगलबारको तथ्यांक अनुसार काठमाडौं, ललितपुर र कास्कीमा मात्रै ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । यसैगरी मनाङ र डोल्पामा एक जना पनि संक्रमित नरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।
मन्त्रालयले हाल देशभर सक्रिय संक्रमित १२ हजार ६८६ अर्थात ५.२१ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३८२ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ६२१ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।
यस्तो छ मन्त्रालयको विवरण
प्रतिक्रिया