काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको जानकारी दिएको छ ।
जसमध्ये पछिल्लो २४ घण्टामा मात्र १ हजार ३८२ जना कोरोना संक्रमित थपिएका हुन् । सोही अविधमा १ हजार ६२१ जना संक्रमणमुक्त भएका छन् भने २३ को मृत्यु भएको छ ।
कुन जिल्लामा कति थपिए ?
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा ६, उदयपुरमा २, ओखलढुंगामा २, झापामा २५, धनकुटामा १, पाँचथरमा ४, मोरङमा ५५, सुनसरीमा ७५, सोलुखुम्बुमा ३, र संखुवासभामा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको ट ।
यसैगरी प्रदेश २ को धुनषामा ५, पर्सामा १, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा २ र सिरहामा ६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले तथ्यांकमा उल्लेख छ ।
यस्तै गत २४ घण्टाको अवधिमा बागमती प्रदेशको काठमाडौं ४१२, काभ्रेमा १८, चितवनमा ६९, दोलखामा १०, धादिङमा १८, नुवाकोटमा १, भक्तपुरमा ६९, मकवानपुरमा ६,रसुवामा २, रामेछापमा ४, ललितपुरमा ११३, र सिन्धुपाल्चोकमा ९ सक्रमित थपिएका छन् ।
यस्तै गण्डकी प्रदेशको कास्कीमा ९६, गोरखामा ६, तनहुँमा ८, नवलपरासी पूर्वमा २४, पर्वतमा २, लमजुङमा ७, बागलुङमा ११ र स्याङजामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा १४, दाङमा १५, नलवपरासीमा ६, पाल्पामा १५, बर्दियामा १४, बाँकेमा ३६, रोल्पामा १ र रुपन्देहीमा ५१ जना संक्रमित थपिएका छन् ।
कर्णाली प्रदेशको कालिकोटमा १, रुकुमपश्चिममा ३, सल्यानमा १, सुर्खेतमा २ र हुम्लामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ७, कञ्चनपुरमा २८, कैलालीमा ६२, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा ८, बाजुरामा २ र बैतडीमा ३ कोरोना संक्रमित थपिएका छन् ।
प्रतिक्रिया