सिंगापुर पठाउने भन्दै ठगी गर्ने दुई पक्राउ « Khabarhub

सिंगापुर पठाउने भन्दै ठगी गर्ने दुई पक्राउ


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीका लागि सिंगापुर पठाउने भन्दै एक महिलासँग ३ लाख ३१ हजार भन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

सिंगापुर पठाउनले प्रलोभन देखाएर उनीहरुले ती महिलासँग ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सुनसरी धरान उपमहानगरपालिका-४ बुद्ध चोक घर भएका मनोज लामिछाने र २७ वर्षीय विशाल दर्जी रहोको प्रहरीले जनाएको छ ।

अपराध महाशाखाको टोलीले उनीहरुलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एयरपोर्टबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुबैजनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ६ : ३० बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ