कोरोना कहरमा रक्तदानको महत्व अझै बढी छ : सभामुख सापकोटा « Khabarhub

कोरोना कहरमा रक्तदानको महत्व अझै बढी छ : सभामुख सापकोटा


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले कोभिड– १९ को जोखिमका बेला रक्तदानको महत्व अझै बढेर गएको बताएका छन् ।

१४औँ संघीय संसद् सेवा दिवस–२०७७ का अवसरमा आज संसद् सचिवालय परिसर, सिंहदरबारमा आयोजित रक्तदानको सुभारम्भ गर्नुहुँदै सभामुख सापकोटाले कोरोनाका कारण सृर्जित विषमताका बेला गरिएको रक्तदानको महत्व अधिक रहेको चर्चा गरे ।

कार्यक्रममा सभामुख सापकोटाले भने, “रक्तदान जीवनदान त्यत्तिकै भनिएको होइन, रक्तदानको सधैँ भरी महत्व छ, अहिले झनै महत्व छ ।”

सभामुख सापकोटाले दैनिक रगत अभावको खबर आइरहेको स्मरण गर्दै आज गरिएको रक्तदानले सो अभाव टार्न सहयोग हुने विश्वास व्यक्त गरे ।

संसद् सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएकोमा उनले खुसी व्यक्त गरे ।  कार्यक्रममा दुई जना सांसद, कर्मचारी र सञ्चारकर्मीलगायतले रक्तदान गरेका थिए ।

संघीय संसद् सचिवालयले संसद् सेवा दिवस २०७७ का अवसरमा उच्च स्वास्थ्य सतर्कता अपनाउँदै विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।

विसं २०६३ देखि हरेक वर्ष मङ्सिर २८ का दिन संघीय संसद् सेवा दिवस मनाइँदै आइएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ७ : ४० बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने