सरकारी कार्यालयमै अध्यक्ष र महाप्रबन्धकबीच कुटाकुट ! « Khabarhub

सरकारी कार्यालयमै अध्यक्ष र महाप्रबन्धकबीच कुटाकुट !


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेका अध्यक्ष र महाप्रबन्धकबीच कार्यालयमै हात हालाहाल भएको छ ।

अध्यक्ष नन्दकिशोर बस्नेत र महाप्रबन्धक सुवास सिटौलाबीच लामो समयदेखिको व्यक्तिगत रिसइबीका कारण बुधबार कार्यालय समयमै कुटाकुटको स्थिति बनेको हो ।

महाप्रबन्धक सिटौला कार्यालय पुग्दा उनको हाजिर मेसिनबाट नाम नै हटाइएको भएपछि उनी आक्रोशित बनेका थिए । उनी कार्यालय पस्न खोज्दा अध्यक्ष बस्नेतले कार्यालय प्रवेशमा रोक लगाएपछि दुईजनाबीच हात हालाहाल भएको हो ।

उनीहरुलाई छुट्याउन कार्यालयमा रहेका अन्य कर्मचारीलाई हम्मेहम्मे परेको थियो ।

अध्यक्ष बस्नेतले महाप्रबन्धकको उमेर हदका कारण पदमा बस्न रोकेको भन्दै राजीनिमा नदिएसम्म कार्यालयमा पस्न नदिने अडान राखेका छन् ।

उनी भन्छन्– ‘म उहाँलाई कार्यालयमा आउनै दिन्न, किन आउनुपर्‍यो ? मैले दिएको चिठीका कारण मेराविरुद्ध मानहानी मुद्दा हालेर मेरो जागिर खाइदिए भयो नि ।’

तर, महाप्रबन्धक सिटौलाको अडान भने पृथक छ । उनी भन्छन्, ‘सरकारले अयोग्य भनेर हटाए मात्र म हट्छु, अध्यक्षको एउटा पत्रका भरमा राजीनामा दिन्छ होला भनेर नसोचे हुन्छ । पत्रकै भरमा म राजीनामा त के पृथ्वी प्रलय भए पनि दिन्नँ ।’

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा लामो समयदेखि अध्यक्ष र महाप्रबन्धकबीचको विवादले कार्यसम्पादनमा समेत समस्या आउने कर्मचारीले बताएका छन् । यता, नियामक निकाय उद्योग मन्त्रालय भने  औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेका अस्तव्यततामा बेखबर छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ८ : २७ बजे

सुकेधाराबाट इतर पक्षको घोषणा : गगन थापालाई कांग्रेसको सभापति मान्दैनौँ

काठमाडौं- नेपाली कांग्रेसभित्र सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा

गगनमाथि पूर्णबहादुरको प्रहार : अवैध विशेष महाधिवेशनबाट सभापति बने, चुनावमा आफू र पार्टीलाई खाल्डामा पारे

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापामाथि

नागरिकले नयाँ गर्न खोज्दैछन् भने राज्यले प्रवद्र्धन र सहयोग गर्नुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिकले नयाँ गर्न

ड्रागनफ्रुट खेतीबाट २५ लाख कमाउने ७२ वर्षीय मानबहादुर को अपेक्षा

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–६ का मानबहादुर तामाङ उमेरले ७२ वर्ष