डडेलधुरामा हिमपातले जनजीवन प्रभावित « Khabarhub

डडेलधुरामा हिमपातले जनजीवन प्रभावित


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा- सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेलधुरामा आज (बिहीबार) पुनः हिमपात भएको छ।

आज बिहान २ बजेदेखि हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार हिमपातका कारण जिल्ला जोड्ने भीमदत्त र दशरथचन्द राजमार्ग अवरुद्ध भएका छन्।

भीमदत्त राजमार्गको हगुल्टे लेकमा र दशरथचन्द्र राजमार्गको अनारकोली खण्डमा हिउँ जमेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राजमार्गको हिउँ पन्छाउन स्काभेटर पठाइसकिएको छ।

नेपाल टेलिकम, डडेलधुराका लेखा अधिकृत डम्बर ओझाले हिमपातका कारण चिसो अत्यधिक बढेको बताए।

यसअघि पुसको पहिलो साता डडेलधुरामा हिमपात भएको थियो।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ९ : ५७ बजे

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत