जापानी प्रधानमन्त्री आबेको मध्यपूर्व भ्रमण रद्द « Khabarhub

जापानी प्रधानमन्त्री आबेको मध्यपूर्व भ्रमण रद्द


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वको भ्रमण गर्ने योजना रद्द गरेका छन् । उनले आगामी आइतबारदेखि भ्रमण गर्ने योजना बनाएको भएपनि अहिले आएर रद्द गरेका हुन् ।

आवे साउदी अरब, युएई., ओमनलगायतका देशको भ्रमण गर्ने योजना बनाएको उनका प्रवक्ताले केही दिन अगाडी जानकारी दिएका थिए ।

अमेरिका र इरानकाबीचको तनाव उत्कर्षमा पुगेकाले त्यसलाई न्युनिकरणका लागि सहयोग गर्ने उद्धेश्यले मध्यपूर्वको भ्रमण गर्न लागेको उनले बताएका थिए ।

जापानी प्रधानमन्त्री आबेले मध्यपूर्वमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै संयमता अपनाउन सवै पक्षलाई आग्रह गर्दै तनाव न्युनिकरणका लागि प्रयास गरिरहेको जानकारी दिएका थिए ।

उनले भनेका थिए, “त्यस क्षेत्रमा शान्ति स्थापनाका लागि र स्थायित्वका लागि मैले कुटनीतिक पहलमार्फत् केही योगदान दिन सक्छु भन्ने मैले विश्वास लिएको छु ।”

इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले क्षेप्यास्त्र प्रहार गरेपछि आबेले भ्रमण रद्ध गर्ने निर्णय गरेको अधिकारीहरुले जनाएका ५न् ।

इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथी इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले दाबी गरेको छ ।

पश्चिमी बग्दादस्थित एरबि गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्र प्रहार गरिएको इरानको सरकारी टेलिभिजनले जनाएको छ ।

इराकको राजधानी बग्दादस्थित विमानस्थलनजिकै गत शुक्रबार इरानी सैन्य कमाण्डर सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उत्कर्षमा पुगको थियो । बुधवार राति अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधनसँगै युद्धको खतरा टरेको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ४ : ५६ बजे

सेमिफाइनलमा प्रतिष्ठाको लडाइँ : सुपर कम्प्युटर भन्छ फ्रान्स बलियो, हेड-टु-हेडमा स्पेन अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई युरोपेली

इरानमाथि अमेरिकी आक्रमण तीव्र, हर्मुज मार्ग नियन्त्रणमा लिने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानालाई लक्षित गरी लगातार

कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौँ – कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६