नेपाल र अस्ट्रेलियाबीच हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल « Khabarhub

नेपाल र अस्ट्रेलियाबीच हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र अस्ट्रेलियाबीच हवाई सेवा संचालन गर्ने बारेमा छलफल भएको छ ।

विहीवार नेपाली दूतावास क्यानबेरामा अस्ट्रेलिया र नेपालबीच छलफल भएको हो । गत अक्टोबरमा दुई देशका बीचमा हवाई सम्झौता भएसंगै हवाई सेवाका लागि बाटो खुलेको थियो ।

हवाई सेवा सञ्चालन गर्ने विषयमा आज भएको छलफल सकारात्मक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

छलफलमा नेपालका तर्फबाट मन्त्री योगेस भट्टराई, राजदूत महेश दाहाल, प्रथम सचिव द्रुपदा सापकोटा सहित निर्मल भट्टराई र यादव कोइराला सहभागि थिए भने अस्ट्रेलियाका तर्फबाट पूर्वाधार, यातायात सहरी तथा क्षेत्रीय विकास विभाग अन्तर्गतको नागरिक उड्डयनका महाप्रवन्धक जिम वल्फ, अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट, एभिएशन इन्ड्रस्ट्रि नीति शाखाका निर्देशन रोश एडम्सलगायतका प्रतिनिधिमण्डलबीच छलफल भएको थियो ।

अस्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य रहेका छन् ।

सिड्नी विमानस्थलले प्रकाशित गरेको तथ्याङ्कअनुसार यो वर्षमात्र काठमाडौँबाट सिड्नी आउने यात्रुको सङ्ख्या एक लाख २१ हजार २६० पुगिसकेको छ । सिड्नी विमानस्थलसँग सिधा उडान सम्पर्क नभएका देशको विमानस्थलहरुको सबैभन्दा ठूलो सङ्ख्या हो ।

अस्ट्रेलियाको नागरिक उड्डयन सेवा प्रदायक संस्था विगत १२ वर्षदेखि कार्यरत इञ्जिनीयर राजु अधिकारीका अनुसार यो सङ्ख्या दैनिक सिधा उडानका लागि निकै फाइदाजनक देखिन्छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ५ : ४३ बजे

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ।