नेपाल र अस्ट्रेलियाबीच हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल « Khabarhub

नेपाल र अस्ट्रेलियाबीच हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र अस्ट्रेलियाबीच हवाई सेवा संचालन गर्ने बारेमा छलफल भएको छ ।

विहीवार नेपाली दूतावास क्यानबेरामा अस्ट्रेलिया र नेपालबीच छलफल भएको हो । गत अक्टोबरमा दुई देशका बीचमा हवाई सम्झौता भएसंगै हवाई सेवाका लागि बाटो खुलेको थियो ।

हवाई सेवा सञ्चालन गर्ने विषयमा आज भएको छलफल सकारात्मक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

छलफलमा नेपालका तर्फबाट मन्त्री योगेस भट्टराई, राजदूत महेश दाहाल, प्रथम सचिव द्रुपदा सापकोटा सहित निर्मल भट्टराई र यादव कोइराला सहभागि थिए भने अस्ट्रेलियाका तर्फबाट पूर्वाधार, यातायात सहरी तथा क्षेत्रीय विकास विभाग अन्तर्गतको नागरिक उड्डयनका महाप्रवन्धक जिम वल्फ, अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट, एभिएशन इन्ड्रस्ट्रि नीति शाखाका निर्देशन रोश एडम्सलगायतका प्रतिनिधिमण्डलबीच छलफल भएको थियो ।

अस्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य रहेका छन् ।

सिड्नी विमानस्थलले प्रकाशित गरेको तथ्याङ्कअनुसार यो वर्षमात्र काठमाडौँबाट सिड्नी आउने यात्रुको सङ्ख्या एक लाख २१ हजार २६० पुगिसकेको छ । सिड्नी विमानस्थलसँग सिधा उडान सम्पर्क नभएका देशको विमानस्थलहरुको सबैभन्दा ठूलो सङ्ख्या हो ।

अस्ट्रेलियाको नागरिक उड्डयन सेवा प्रदायक संस्था विगत १२ वर्षदेखि कार्यरत इञ्जिनीयर राजु अधिकारीका अनुसार यो सङ्ख्या दैनिक सिधा उडानका लागि निकै फाइदाजनक देखिन्छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ५ : ४३ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने