नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा सञ्चालन « Khabarhub

नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा सञ्चालन


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ ।

पहिरो नियन्त्रणको काम सकिएसँगै सडक पूर्णरूपमा सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले जानकारी दिए ।

दिउँसोको समयमा दैनिक चार घण्टा सवारी साधन रोकेर पहिरो नियन्त्रणको काम हुँदै आएको थियो । अब बाँकी रहेका काम अन्य दिनमा केही समय सवारी साधन रोक्दै पूरा गरिने खनालले बताए ।

उनले भने, “बाँकी रहेका केही सामान्य कामहरु आगामी दिनमा थोरै–थोरै समयको अन्तरालमा सवारी साधनलाई रोक्दै ट्राफिक व्यवस्थापन मिलाउँदै गछौँ ।”

नारायणघाट मुग्लिन सडकमा बाँकी रहेका आठ ठाउँमा पहिरो रोकथामको काम गरिएको हो । गत मङ्सिर २७ गतेदेखि प्रत्येक दिन बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म सडकमा सवारी साधनलाई रोकेर काम हुँदै आएको थियो ।

पहिरो नियन्त्रणका काम लगभग सकिएसँगै आगामी वर्षदेखि मुग्लिङ–नारायणघाट सडकमा वर्षातको समयमा पनि पहिरोको प्रभावले सवारी यातायातमा न्यून मात्र प्रभाव पर्ने सुनिश्चित भएको खनालले बताए ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ६ : ३७ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार