हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा | Khabarhub Khabarhub

हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- डडेल्धुरामा तेस्रोपटक परेको हिमपातका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग १२ घण्टापछि सञ्चालनमा आएको छ ।

बुधबार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य भीमदत्त राजमार्ग विहीबार अबेरदेखि सञ्चालनमा आएको हो ।

बुधबार राति २ बजेबाट परेको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीलगायतका जिल्लाको यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौँ यात्रु अलपत्रमा परेका थिए ।

सडक डिभिजन कार्यालय, अमरगढी नगरपालिका, आलिताल, अजयमेरु र गन्यापधुरा गाउँपालिकाको डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा करीब चार घण्टा लगाएर राजमार्गका सडकमा रहेको हिउँ हटाइएपछि एकतर्फीरूपमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

हिमपातका कारण डोटीको गैरा, डडेल्धुराको हगुल्टे क्षेत्रमा बुधबार रातिदेखि अलपत्रमा परेका सवारी साधन अहिले राजमार्ग सञ्चालन भएपछि आ–आफ्नो गन्तव्यतिर लागिरहेका छन् । भीमदत्त राजमार्गको मेलखर्क, हगुल्डे, साहुँखर्क बजारलगायत डोटीको गैरा क्षेत्रमा करीब चार फिट बाक्लो हिउँ जमेका कारण राजमार्ग अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ९ : ४५ बजे

बेनफिकासँग दुई गोलले पछि परेको बार्सिलोनाको सनसनीपूर्ण जित

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको मंगलबार भएको सनसनीपूर्ण खेलमा बार्सिलोनाले

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल माघ ९ गते बुधबार माघ

आज २०८१ साल माघ ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ ९ गते बुधबार माघ

वामदेवलाई भित्र्याउनेबारे एमाले अनिर्णित, ‘सहकार्य गर्दै जाने’

काठमाडौं – पार्टीका पूर्वनेता वामदेव गौतमलाई भित्र्याउनेबारे नेकपा (एमाले) अनिर्णित

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

एजेन्सी – मध्य नाइजेरियामा एक पेट्रोल ट्याङ्करमा भएको विष्फोटमा परी