सूचना प्रविधि विधेयकविरुद्ध गर्जिए गगन, भन्छन् यही स्वरुपमा पारित भए सरकारका ‘अरिङ्गाल’बाहेक सबै फस्छन् « Khabarhub

सूचना प्रविधि विधेयकविरुद्ध गर्जिए गगन, भन्छन् यही स्वरुपमा पारित भए सरकारका ‘अरिङ्गाल’बाहेक सबै फस्छन्


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संवैधानिक हकविरुद्ध भएको बताएका छन् । उनले विधेयक संसदबाट जस्ताको तस्तै पारित भए नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हक खोसिने बताउँदै सरकारका अरिङ्गालबाहेक कोही बाँकी नरहने टिप्पणी गरेका हुन् ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले विधेयक जस्ताको तस्तै पारित भए सरकाकार अरिङ्गालबाहेक कोही पनि बाँकी नरहने बताए ।

उनले भने, ‘सूचना प्रविधि विधेयक जस्ताको तस्तै पारित भए सरकारका अरिङ्गालबाहेक कोही बाँकी रहँदैनन्। नेकपा र अखिलका साथीहरूले बुझे हुन्छ, भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन् ।’

उनले सूचना प्रविधि विधेयका विषयमा कडा कटाक्ष गर्दै भने, ‘यहाँ श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरु टिक्छन्। अरु सबै सकिन्छन्।’

उनले विधेयक संसदीय समितिबाट पारित भएसँगै सामाजिक सञ्जालमा विरोध जनाउँदै आएका छन् ।

विधेयक संसदीय समितिबाट पारित भए पनि संसदबाट यही स्वरुपमा पारित हुन नदिन कडा आन्दोलन गर्ने उनले बताए । विधेयकले अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित गर्न खोजेको बताउँदै यसकाविरुद्ध सबै तह र तप्काबाट सहयोग गर्न समेत उनले आग्रह गरेका थिए ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडले पनि नागरिकको अधिकार रक्षाका लागि संसदमा सडकको साथ आवश्यक रहेको बताए ।

उनले भने, ‘यस विधेयका विरुद्धमा बोल्न संसदमा गगनहरु हुनुहन्छ । उहाँहरुको विरुद्धले मात्रै विधेयक रोकिँदैन । त्यसका लागि सडकको तागत आवश्यक छ ।’

नेविसंघका नेता सुशिल भट्टको संयोजन र अध्यक्षतामा सप्पन्न कार्यक्रममा नेविसंघका पूर्व महामन्त्री मनोजमणी आचार्य, कुन्दनराज काफ्ले, प्रतिमा गौतम, पूर्ब उपाध्यक्ष डील्लीराम सुबेदी, राम प्रसाद अधिकारी, पूर्ब सहमहामन्त्री बलदेव तिमल्सिना, पूर्ब केन्द्रिय सदस्य युबराज पान्डे लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ९ : १४ बजे

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही

परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

जलेश्वर– जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज

शेखरको आरोप : कोइराला निवासमै पसेर गगनले कारबाहीको धम्की दिए, कांग्रेसमा निरंकुशता सुरू भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु