सूचना प्रविधि विधेयकविरुद्ध गर्जिए गगन, भन्छन् यही स्वरुपमा पारित भए सरकारका 'अरिङ्गाल'बाहेक सबै फस्छन् | Khabarhub Khabarhub

सूचना प्रविधि विधेयकविरुद्ध गर्जिए गगन, भन्छन् यही स्वरुपमा पारित भए सरकारका ‘अरिङ्गाल’बाहेक सबै फस्छन्


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संवैधानिक हकविरुद्ध भएको बताएका छन् । उनले विधेयक संसदबाट जस्ताको तस्तै पारित भए नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हक खोसिने बताउँदै सरकारका अरिङ्गालबाहेक कोही बाँकी नरहने टिप्पणी गरेका हुन् ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले विधेयक जस्ताको तस्तै पारित भए सरकाकार अरिङ्गालबाहेक कोही पनि बाँकी नरहने बताए ।

उनले भने, ‘सूचना प्रविधि विधेयक जस्ताको तस्तै पारित भए सरकारका अरिङ्गालबाहेक कोही बाँकी रहँदैनन्। नेकपा र अखिलका साथीहरूले बुझे हुन्छ, भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन् ।’

उनले सूचना प्रविधि विधेयका विषयमा कडा कटाक्ष गर्दै भने, ‘यहाँ श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरु टिक्छन्। अरु सबै सकिन्छन्।’

उनले विधेयक संसदीय समितिबाट पारित भएसँगै सामाजिक सञ्जालमा विरोध जनाउँदै आएका छन् ।

विधेयक संसदीय समितिबाट पारित भए पनि संसदबाट यही स्वरुपमा पारित हुन नदिन कडा आन्दोलन गर्ने उनले बताए । विधेयकले अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित गर्न खोजेको बताउँदै यसकाविरुद्ध सबै तह र तप्काबाट सहयोग गर्न समेत उनले आग्रह गरेका थिए ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडले पनि नागरिकको अधिकार रक्षाका लागि संसदमा सडकको साथ आवश्यक रहेको बताए ।

उनले भने, ‘यस विधेयका विरुद्धमा बोल्न संसदमा गगनहरु हुनुहन्छ । उहाँहरुको विरुद्धले मात्रै विधेयक रोकिँदैन । त्यसका लागि सडकको तागत आवश्यक छ ।’

नेविसंघका नेता सुशिल भट्टको संयोजन र अध्यक्षतामा सप्पन्न कार्यक्रममा नेविसंघका पूर्व महामन्त्री मनोजमणी आचार्य, कुन्दनराज काफ्ले, प्रतिमा गौतम, पूर्ब उपाध्यक्ष डील्लीराम सुबेदी, राम प्रसाद अधिकारी, पूर्ब सहमहामन्त्री बलदेव तिमल्सिना, पूर्ब केन्द्रिय सदस्य युबराज पान्डे लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ९ : १४ बजे

माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कारवाही हुन्छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम– मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७

सरकारले चाहे पूर्वराजाको सुविधा खोस्न सक्छ : कृष्ण सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहबारे चर्चा

पार्टीविरुद्ध लाग्ने नेता-कार्यकर्तालाई कांग्रेस बन्ने छुट छैन : नेता रसायली

 काठमाडौं– नेपाली कांग्रेसका युवा नेता प्रकाश रसायली ‘स्नेही’ले पूर्वराजा ज्ञानेन्द्र

राप्रपा नेपालले भन्यो- पूर्वाराजाको आग्रह जनताले स्वीकारे, सबै राजावादी मिल्ने बेला आयो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गत फागुन ७ गते पूर्वराजा

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी

 घोराही– किरण ठगुन्नाको शतकीय पारीको मद्दतमा सुदूरपश्चिम प्रदेशले यहाँ जारी