बिहेपछि किन मोटाउछन् महिला ? यसरी घटाउनुहोस वजन « Khabarhub

बिहेपछि किन मोटाउछन् महिला ? यसरी घटाउनुहोस वजन


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

अक्सर तपाई विवाहपछि महिलालाई मोटाएको देख्नु भएको होला ।

तर विवाहपछि किन महिला मोटाउने गर्दछन् त ? खासमा विवाहपछि महिलामा घरगृहस्थीको कामकाजले दैनिक जीवन बदलिने गर्छ । उनिहरु प्रेम वा विवाहको तनावबाट मुक्त हुन्छन्न् ।

अब राम्री देखिनुभन्दा पनि स्वास्थ्य रहनुपर्छ भन्ने मानसिकता विकास हुन्छ । विवाह अघि डाइटिङ गर्नेहरु विवाहपछि शरीरको चासो लिदैनन् । जसका कारणले महिलाहरु विवाहपछि मोटाउँने गर्दछन् ।

कतिपय महिलाले विवाह अघिसम्म मात्र सुन्दर हुनुपर्छ भन्ने सोचाई हुने गर्दछ । विवाहपछि भने उनीहरु सुन्दर बन्न खासै प्रयत्न गर्दैनन् ।

हुनत ब्यस्तताका कारणले पनि आफुलाई फिट बनाउन महिलाले सकिरहेका हुदैनन् । तर जुन आर्कषक शरीर देखेर श्रीमानले मन पराएरका हुन्छन् उनिहरु पछिसम्म पनि त्यहि फिटनेस आफ्नो श्रीमतीमा खोज्ने गर्दछन् ।

तर श्रीमती मोटाएको कारणले श्रीमानको आर्कषण घट्ने गर्दछ । यसले उनीहरुमा नैराश्यता समेत उत्पन्न गराउँछ । र त्यहि नैराश्यता श्रीमान श्रीमतीबीचमा मनमुटाव बढाउने कारण पनि बन्न सक्छ ।

यस्ता छन् विवाहपछि मोटोपना घटाउने १५ उपाय :

१. मोटोपन घटाउन नियमित टाइमटेबल तथा सेड्युल तयार पारेर समय दिनु पर्दछ ।
२. सकेसम्म चिल्लो, तारेको, भुटेको, मसलेदार खानेकुरा खान त्याग्नुहोस् ।
३. नियमित झन् मोटाउदै जानु भएको छ भने उसिनेको खानेकुरा मात्र सेवन गर्नुहोस् ।
४. बाहिर होटल तथा रेष्टुरेन्टको खानेकुरा, फास्टफूड, जंकफूड नखानुहोस् ।
५. एकै पटक धेरै खाने नगर्नुहोस् बरु थोरै थोरै तर धेरै पटक खानुहोस् ।
६. विहान विहान पैदल हिँड्न प्रयास गर्नुहोस् साथै हल्का कसरत पनि गर्नुहोस् ।
७. ओखर, दहि सेवन गरेमा पनि केहि हदसम्म मोटोपना कम हुन जान्छ ।
८. खानामा सकेसम्म बढि मात्रामा तरकारी र खाजामा फल खाने बानि बसाउनुहोस् ।
९. विवाहपछि महिलाहरु व्रत बस्ने गर्दछन्, धेरै व्रत बसेमा समेत मोटाउने गरीन्छ ।
१०. दैनिक गर्ने कार्य र खानाको समेत तय गरी सुचि बनाउने ।
११. विहान आधाघण्टा जगिङ्ग जाने वा वर्कआउट गर्ने ।
१२. आफ्नो वजन घटाउन पार्टनरबाट उत्प्रेरणा माग्ने ।
१३. नियमित रुपमा पहिलेका पहिरन लगाई आफुमा आएको परिवर्तन हेर्ने ।
१४. व्लड प्रेशर, सुगर लगायतका स्वास्थ्य समस्या नियमित परीक्षण गर्ने ।
१५. मोटोपना घटाउन खाना कम गर्ने र ब्यायाम ज्यादा गर्नुहोस् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ७ : ४१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल