गच्छदारको गृह नगरमा मशाल जुलुस प्रदर्शन | Khabarhub Khabarhub

गच्छदारको गृह नगरमा मशाल जुलुस प्रदर्शन


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काँग्रेसका उप-सभापति एवं संसदीय दलका उप-नेता विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको विरोधमा सुनसरीमा प्रदर्शन गरिएको छ ।

नेता गच्छदारको गृहनगर सुनसरीमा कांग्रेसका कार्यकर्ताहरुले मशाल जुलुस प्रदर्शन गरेका हुन् । तरुण दल सुनसरीको नेतृत्वमा भएको विरोध प्रदर्शनमा दुहबिका विभिन्न बाईपास सडकबाट एकैसाथ हजारौंको संख्यामा काँग्रेस कार्यकर्ता, तरुण नेता तथा कार्यकर्ता र गच्छदार समर्थकहरुको मसाल जुलुसमा सहमागी भएका थिए ।

दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले ललिता निवास जग्गा प्रकरणमा नेपाली काङ्ग्रेस पार्टी उपसभापति बिजयकुमार गच्छदार मुछिएको विषयलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आन्दोलनको तयारी थालेको बताएका छन् ।

उनले सरकार दुई तिहाईको दम्भ देखाएर सुनियोजित तवरले लगाइएकाे मुद्दा फिर्ता नलिए वर्तमान सरकारविरुद्ध सडक संघर्षको विकल्प नहुने बताए ।

नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ३ का सभापति मेंहदी हुसैनले सुनसरी क्षेत्र नम्बर ३ बिजय गच्छदारको राजनीतिक कर्मथलो समेत भएकाले आन्दोलनकालागि २१ सदस्य कमिटि तयार भएकोले चाँडै नै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने जानकारी दिए ।

नेपाल तरुण दल सुनसरी जिल्ला कार्य समितिले समेत गच्छदारमाथि लगाइएको आरोपविरुद्ध आन्दोलनमा होमिनु बाहेकको विकल्प नरहेको जनाएको छ ।

 

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ५ : ५६ बजे

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ ।

सप्तरीमा प्रहरीको ‘सर्च अप्रेसन’ : गोली प्रहारबाट एक जनाको मृत्यु

सप्तरी– मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले

आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने

काठमाडौं- एप्पलले बहुप्रतीक्षित आईफोन–१७ सरिजका फोनहरु आगामी सेप्टेम्बर ९ मा