राशि चक्रको बदलावले कसकसलाई मिल्छ लाभ ? « Khabarhub

राशि चक्रको बदलावले कसकसलाई मिल्छ लाभ ?


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आर्थिक मामलाको हिसाबमा महत्वपुर्ण मानिने राशिचक्र फेरिएको छ । माघ २० देखि फाल्गुण २० सम्म हरेक राशिको चक्र फेरिएको हो ।

यस अवधिमा केहि राशिका जातकलाई आर्थिक लाभको अवसर जुर्नेछ भने केहिले नोक्सान बेहोर्नु पर्नेछ । तसर्थ यस अवधिमा कुन राशिका लागी कस्तो रहन्छ आर्थिक अवस्था त्यस बारे जान्नु उपयुक्त हुन्छ ।

मेष राशि
मेष राशिका जातकका लागी राशिचक्रले नकारात्मक असर पार्नेछ । यस अवसरमा धार्मिक बिषयमा निकै ठुलो खर्च हुने योग छ । केहि स्वास्थ्य र यात्रामा पनि खर्च हुने संभावना रहन्छ । तर यतिका खर्चका बावजुद घाटामा भने रहनु पर्दैन ।

वृष राशि
वृष राशिका लागी यस पटकको राशिचक्र आर्थिक स्थितिमा राम्रो संभावना बोकेर आएको छ । भविष्य बनाउन, ब्यापार गर्न वा सफता पाउन यो उत्तम समय रहेको छ । यदि यस अघि नै कुनै कारोबार थाल्नु भएको छ भने त्यसैलाई प्राथमिकता दिनु लाभदायि हुन्छ ।

मिथुन राशि
यस राशिचक्रमा मिथुन राशिका जातकका लागी मेहनत अनुसारको आर्थिक लाभ मिल्ने योग छ । शुरुवातमा खर्च बढे पनि आर्थिक स्थितिमा संकट भने आउदैन । साथै यो विस्तारै सुधार हुदै जान्छ । लगानीकर्ताका लागी फाल्गुणको दोश्रो साता उत्तम रहने छ ।

कर्कट राशि
कर्कट राशिका जातकका लागी राशिचक्रले शुरुवातमा नै आर्थिक सबलता बनाउने छ । यो पुरा अवधिमा कुनै न कुनै माध्यमबाट धन प्राप्त भइरहन्छ । तर फाल्गुणको दोश्रो साताबाट भने अवस्था केहि कमजोर बनेर जानेछ । धन हराउन सक्छ ।

सिंह राशि
सिंह राशिका जातकलाई राशि चक्रमा महिला साझेदार राखेर आर्थिक कारोबार गर्ने उत्तम देखिन्छ । ब्यापारमा हुने घाटा पनि महिलाका कारण सुधार भएर जानेछ । तर भुलेर पनि यस अवधिमा बैंकबाट कर्जा भने नलिनु होला, यो घातक साबित हुनसक्छ ।

कन्या राशि
कन्या राशिका जातकलाई यस राशिचक्रले आर्थिक स्थितिमा मजबूत बनाएर राख्नेछ । तथापी स्थिति सधै तपाईको पक्षमा भने हुदैन । सूर्य छैठौ भावमा जाने भएकाले पनि पुरानो कर्जा वा उधारो तिर्न सकिने छ । तर नयाँ बचत भने हुनसक्दैन ।

तुला राशि
तुला राशिका जातकका लागी राशिचक्रले खर्च बढाउने योग छ । आर्थिक स्थितिमा सुधार हुदैन बरु जोहो रकम सकिने योग छ । तर फाल्गुणको दोश्रो सातामा सम्पती खरीद गर्ने संभावना बन्नेछ । माघ महिनामा कुनै ठुलो कारोबार नगर्नु उत्तम हुन्छ ।

वृश्चिक राशि
वृश्चिक राशिका ब्यक्तिका लागी राशिचक्रले सरकारी क्षेत्रबाट आर्थिक लाभ गराउने योग छ । यस अवधिमा यि राशिका जातकले अत्यधिक लाभ प्राप्त गर्नेछन् । साथै हरेक क्षेत्रमा लगानी गर्नु उपयुक्त रहेको छ । यो समय तपाईको हो भन्दा फरक पर्दैन ।

धनु राशि
धनु राशिका ब्यक्तिका लागी राशिचक्रको अवधिमा आर्थिक सुधार हुनेछ । यस अवधिमा पारिवारिक सम्पति प्राप्त गर्न र पैतृक सम्पतिको भागिदार बन्ने योग छ । तर फाल्गुणको दोश्रो साताबाट यो समय अनुकुल भने हुदैन ।

मकर राशि
बुध र शुक्रको युति मकर राशिको दोश्रो भावमा हुने भएकाले आर्थिक मामलामा निकै राम्रो परिणाम दिनेछ । अझ भनौ यस अवधिको शुरुवातमा नै राम्रो आम्दानी प्राप्त हुनेछ । तर खर्च गर्दा भने अवस्था र कारण अनुसार मात्र गर्नुहोला ।

कुम्भ राशि
कुम्भ राशिका जातकका लागी यस अवधिमा अधिक खर्च हुने योग छ । स्वास्थ्य समस्याका धन खर्च बढ्नेछ । साथै केतुको उपस्थितिले धन लाभको मौका गुम्नेछ । तर्सथ आर्थिक बिषयमा सजग रहनु निकै महत्वपुर्ण रहेको छ ।

मीन राशि
मीन राशिका जातकलाई आर्थिक स्थितिमा उतारचढाव आएपनि धन लाभ हुनेछ । तर मंगल, दशम भावमा प्रवेश गर्नासाथ धनको कमी महसूस हुनेछ । तसर्थ एक सुचि बनाएर कुनै पनि शिर्षकमा सोहि अनुसार खर्च गर्नु उपयोगी हुनेछ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ९ : ४९ बजे

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी– लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी चार

वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक छ : वनमन्त्री चौलागाईं

काठमाडौं- वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मुलुक समृद्धिका लागि वातावरण

नेपाल फर्मा एक्स्पो फागुनमा हुने

काठमाडौं– नेपाल औषधि उत्पादक संघले दशौ संस्करणको नेपाल फर्मा एक्स्पो

‘आचार्य’को सुटिङ सक्काए लगत्तै निखिल ‘कस्तुरी’मा जोडिए, जोडी बर्षा सिवाकोटी

काठमाडौं – आफ्नो निर्देशनमा फिल्म ‘आचार्य’को सुटिङ सक्काए लगत्तै नायक

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्यांकका विभिन्न