राशि चक्रको बदलावले कसकसलाई मिल्छ लाभ ? | Khabarhub Khabarhub

राशि चक्रको बदलावले कसकसलाई मिल्छ लाभ ?


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आर्थिक मामलाको हिसाबमा महत्वपुर्ण मानिने राशिचक्र फेरिएको छ । माघ २० देखि फाल्गुण २० सम्म हरेक राशिको चक्र फेरिएको हो ।

यस अवधिमा केहि राशिका जातकलाई आर्थिक लाभको अवसर जुर्नेछ भने केहिले नोक्सान बेहोर्नु पर्नेछ । तसर्थ यस अवधिमा कुन राशिका लागी कस्तो रहन्छ आर्थिक अवस्था त्यस बारे जान्नु उपयुक्त हुन्छ ।

मेष राशि
मेष राशिका जातकका लागी राशिचक्रले नकारात्मक असर पार्नेछ । यस अवसरमा धार्मिक बिषयमा निकै ठुलो खर्च हुने योग छ । केहि स्वास्थ्य र यात्रामा पनि खर्च हुने संभावना रहन्छ । तर यतिका खर्चका बावजुद घाटामा भने रहनु पर्दैन ।

वृष राशि
वृष राशिका लागी यस पटकको राशिचक्र आर्थिक स्थितिमा राम्रो संभावना बोकेर आएको छ । भविष्य बनाउन, ब्यापार गर्न वा सफता पाउन यो उत्तम समय रहेको छ । यदि यस अघि नै कुनै कारोबार थाल्नु भएको छ भने त्यसैलाई प्राथमिकता दिनु लाभदायि हुन्छ ।

मिथुन राशि
यस राशिचक्रमा मिथुन राशिका जातकका लागी मेहनत अनुसारको आर्थिक लाभ मिल्ने योग छ । शुरुवातमा खर्च बढे पनि आर्थिक स्थितिमा संकट भने आउदैन । साथै यो विस्तारै सुधार हुदै जान्छ । लगानीकर्ताका लागी फाल्गुणको दोश्रो साता उत्तम रहने छ ।

कर्कट राशि
कर्कट राशिका जातकका लागी राशिचक्रले शुरुवातमा नै आर्थिक सबलता बनाउने छ । यो पुरा अवधिमा कुनै न कुनै माध्यमबाट धन प्राप्त भइरहन्छ । तर फाल्गुणको दोश्रो साताबाट भने अवस्था केहि कमजोर बनेर जानेछ । धन हराउन सक्छ ।

सिंह राशि
सिंह राशिका जातकलाई राशि चक्रमा महिला साझेदार राखेर आर्थिक कारोबार गर्ने उत्तम देखिन्छ । ब्यापारमा हुने घाटा पनि महिलाका कारण सुधार भएर जानेछ । तर भुलेर पनि यस अवधिमा बैंकबाट कर्जा भने नलिनु होला, यो घातक साबित हुनसक्छ ।

कन्या राशि
कन्या राशिका जातकलाई यस राशिचक्रले आर्थिक स्थितिमा मजबूत बनाएर राख्नेछ । तथापी स्थिति सधै तपाईको पक्षमा भने हुदैन । सूर्य छैठौ भावमा जाने भएकाले पनि पुरानो कर्जा वा उधारो तिर्न सकिने छ । तर नयाँ बचत भने हुनसक्दैन ।

तुला राशि
तुला राशिका जातकका लागी राशिचक्रले खर्च बढाउने योग छ । आर्थिक स्थितिमा सुधार हुदैन बरु जोहो रकम सकिने योग छ । तर फाल्गुणको दोश्रो सातामा सम्पती खरीद गर्ने संभावना बन्नेछ । माघ महिनामा कुनै ठुलो कारोबार नगर्नु उत्तम हुन्छ ।

वृश्चिक राशि
वृश्चिक राशिका ब्यक्तिका लागी राशिचक्रले सरकारी क्षेत्रबाट आर्थिक लाभ गराउने योग छ । यस अवधिमा यि राशिका जातकले अत्यधिक लाभ प्राप्त गर्नेछन् । साथै हरेक क्षेत्रमा लगानी गर्नु उपयुक्त रहेको छ । यो समय तपाईको हो भन्दा फरक पर्दैन ।

धनु राशि
धनु राशिका ब्यक्तिका लागी राशिचक्रको अवधिमा आर्थिक सुधार हुनेछ । यस अवधिमा पारिवारिक सम्पति प्राप्त गर्न र पैतृक सम्पतिको भागिदार बन्ने योग छ । तर फाल्गुणको दोश्रो साताबाट यो समय अनुकुल भने हुदैन ।

मकर राशि
बुध र शुक्रको युति मकर राशिको दोश्रो भावमा हुने भएकाले आर्थिक मामलामा निकै राम्रो परिणाम दिनेछ । अझ भनौ यस अवधिको शुरुवातमा नै राम्रो आम्दानी प्राप्त हुनेछ । तर खर्च गर्दा भने अवस्था र कारण अनुसार मात्र गर्नुहोला ।

कुम्भ राशि
कुम्भ राशिका जातकका लागी यस अवधिमा अधिक खर्च हुने योग छ । स्वास्थ्य समस्याका धन खर्च बढ्नेछ । साथै केतुको उपस्थितिले धन लाभको मौका गुम्नेछ । तर्सथ आर्थिक बिषयमा सजग रहनु निकै महत्वपुर्ण रहेको छ ।

मीन राशि
मीन राशिका जातकलाई आर्थिक स्थितिमा उतारचढाव आएपनि धन लाभ हुनेछ । तर मंगल, दशम भावमा प्रवेश गर्नासाथ धनको कमी महसूस हुनेछ । तसर्थ एक सुचि बनाएर कुनै पनि शिर्षकमा सोहि अनुसार खर्च गर्नु उपयोगी हुनेछ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ९ : ४९ बजे

भारतले नेपाली विद्यालयलाई उपहारस्वरुप दियो ८१ वटा स्कुल बस

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले विभिन्न ४८ वटा जिल्लाका ८१ विद्यालयलाई

गृहमन्त्रीले मसँग व्यक्तिगत दुस्मनी लिँदैछन् : केपी ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालको

कृत्रिम जलाशयमा डुङ्गा सञ्चालन

तुलसीपुर (दाङ)- दाङको तुलसीपुर उपमहानगरपालिका-१ देवीस्थानस्थित जम्मुचिरा जलाशय(ड्याम)मा डुङ्गा सञ्चालनमा

शान्ति सैनिकको सङ्ख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो

काठमाडौं- संयुक्त राष्ट्रसङ्घ (यूएन) ले बजेट अभावका कारण द्वन्द्वरत मुलुकमा

जेन-जी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्‍याउँछ चाडबाडको सम्झनाले

काठमाडौं- गत भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह