एनआरटीलाई पराजित गर्दै मनाङ तेस्रो स्थानमा उक्लियो « Khabarhub

एनआरटीलाई पराजित गर्दै मनाङ तेस्रो स्थानमा उक्लियो


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा न्यूरोड टिम एनआरटीलाई पराजित गर्दै मनाङ–मर्स्याङ्दी क्लब शीर्ष तेस्रो स्थानमा उक्लिएको छ ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङले एनआरटीलाई ४–१ गोल अन्तरले पराजित गर्दै अंक तालिकामा माथि उक्लिएको हो ।

मनाङका लागि अन्जन बिष्टले दुई गोल गरे भने विमल राना र दयानन्द सिंहले समान एक–एक गोल गरे ।

खेलको ३५ औं मिनेटमा रानाको गोलमा अग्रता बनाएको मनाङका लागि ४३ औं मिनेटमा अन्जन बिष्टले गोल गर्दै पहिलो हाफमा मनाङले २–० गोल अन्तरको अग्रता बनाएको थियो ।

दोस्रो हाफमा एनआरटीमाथि हावी भएको मनाङका लागि खेलको ६५ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाएका थिए ।

३–० ले पछि परेको एनआरटीका लागि सकल रेग्मीले खेलको ८५ औं मिनेटमा गोल गर्दै टिमलाई ३–१ गोलको अवस्थामा पुर्याएका थिए । ३–१ गोलमा रहेको खेलको अतिरिक्त समयमा मनाङका दयानन्द सिंहले गोल गर्दै टिमलाई ४–१ गोलको जीत दिलाएका थिए ।

जीतसँगै मनाङले लिगमा ६ जीतसहित २२ अंक जोडेको छ भने एनआरटी १५ अंकसहित आठौं स्थानमा यथावत रहेको छ ।

लिगको शीर्ष स्थानमा त्रिभुवन आर्मी क्लबको २६ अंक छ भने दोस्रो स्थानको मछिन्द्र क्लबको २५ अंक रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ४ : ०२ बजे

राष्ट्रियसभाको बैठक सुरु 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य