सीमा सुरक्षालाई मजबुत बनाएका छौंः महानिरीक्षक खनाल « Khabarhub

सीमा सुरक्षालाई मजबुत बनाएका छौंः महानिरीक्षक खनाल


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शान्ति सुरक्षा, सीमा रक्षाका लागि सशस्त्र प्रहरी बल अहोरात्र खटिरहेको बताएका छन् ।

कबहीगोठ गाँउपालिका–२ मा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्टको नवनिर्मित भवनको उद्घाटन गर्दै चोरी पैठारी नियन्त्रण गर्नका लागि विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

महानिरीक्षक खनालले सीमा रक्षाका लागि सक्रिय भई निगरानी बढाउनसशस्त्र प्रहरीका जवानहरुर्ला निर्देशन दिए ।

रु ९९ लाख ९९ हजारको लागतमा दुई वटा आधुनिक भवन, ब्यारेक, कार्यालय, कार्यालय प्रमुखको निवास निर्माण भएको छ ।

नाती कन्स्ट्रक्सन ललितपुरले सो भवन निर्माणका लागि ठेक्का पाएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, सशस्त्र प्रहरी बल गण नम्बर १२ का गणपति दिगविजय सुवेदी, गाँउपालिकाका अध्यक्ष महेन्द्र यादवलगायतले सशस्त्र प्रहरील बलले गरेको कामको चर्चा गरेका थिए ।

यसैबीच, सिम्रौनगढ नगरपालिकास्थित रहेको वीरेन्द्र चोकमा बीओपी पिपरपातीको नवनिर्मित भवनको प्रदेश २ सशस्त्रका बाहिनीपति राजु अर्यालले उद्घाटन गरेका थिए ।

सो भनवको ठेक्का पनि नाती कन्स्ट्रक्सन ललितपुरको रहेको छ । सो भवनको लागत पनि रु ९९ लाख ९९ हजार ९०६ रहेको सशस्त्र प्रहरी निरीक्षक सुर्दशन अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ९ : ०२ बजे

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार