कोरोनाभाइरस : मृतकको संख्या ३८ सय नाघ्यो, ६ हजार सिकिस्त बिरामी « Khabarhub

कोरोनाभाइरस : मृतकको संख्या ३८ सय नाघ्यो, ६ हजार सिकिस्त बिरामी


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ ।

कोरोनाभाइरसको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ ‍सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा मृत्यु भएको छ ।

१९ हजार भन्दा बढि संक्रमितको अहिले पनि चीनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

त्यसमध्ये ५ हजार २ सय ६४ जनाको अवस्था गम्भीर रहेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । ५८ हजार ६ सय चिनियाँ भने उपचारपछि ठीक भएका छन् ।

चीनपछि कोरोनाभाइरसले इटालीमा महामारीको रुप लिएको छ । त्यहाँ ३ सय ६६ जनाको मृत्यु भएको छ । अवस्था भयाभह बनेपछि सरकारले १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

उपचारारत ६ हजार ३ सय ८७ मध्ये ६ सय ५० जना सिकिस्त बिरामी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस्तै इरानमा कोरोनाभाइरसका कारण १ सय ४९ जनाको मृत्यु भएको छ । ६ हजार ५ सय ६६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

यसमध्ये २ हजार १ सय ३४ जना निको भएर घर फर्किएका छन् । ४ हजार २ सय ३८ जनाको उपचार भइरहेको छ ।

दक्षिण कोरियामा थप २ सय ३७ जनामा कोरोनाको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ हजार ३ सय १३ पुगेको छ ।

त्यहाँ अहिलेसम्म ५० जनाको मृत्यु भएको छ भने उपचारारत ७ हजार १ सय ३३ जनामध्ये ३६ जनाको अवस्था गम्भीर छ । १ सय ३० जना भने निको भएर घर फर्किएको कोरियाली स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

संक्रमण फैलने दर उच्च

चीनमा कोरोनाभाइरसको संक्रमण दर कम हुँदै गएपनि अन्यत्र फैलने क्रम उच्च भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार चीनमा पछिल्लो २४ घण्टामा ३९ जनामा जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

चीन हालसालै प्रति दश लाख मानिसमध्ये कम्तिमा ५६ जनामा कोरोनाभाइरस फेला परेको छ । जबकी यही दर दक्षिण कोरिया, इटाली, इरान लगायतका मुलुकमा बढिरहेको छ ।

डब्लूएचओका अनुसार प्रति दश लाखमध्ये दक्षिण कोरियामा कम्तिमा १ सय ४२ जनामा संक्रमण देखिएको छ भने  इटालीमा १ सय २२ तथा इरानमा ७८ जनामा संक्रमण देखिन थालेको छ ।

कोरोनाभाइरसबाट अमेरिकामा २२ जनाको मृत्यु भएको छ भने फ्रान्समा थप तीन जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । स्पेनमा १७ जनाको मृत्यु भएको छ ।

डब्लूएचओका अनुसार अहिलेसम्म १ सय ४ वटा मुलुकमा कोरोनाभाइरस देखिदा १ लाख १० हजार मानिसमा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ६ : ५१ बजे

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ– शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान