कोरोना भाइरसको त्रास : दर्जनौँ विदेशी कूटनीतिज्ञले उत्तर कोरिया छोडे, अधिकांश दूतावास बन्द | Khabarhub Khabarhub

कोरोना भाइरसको त्रास : दर्जनौँ विदेशी कूटनीतिज्ञले उत्तर कोरिया छोडे, अधिकांश दूतावास बन्द


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोरोना भाइरस सङ्क्रमण फैलिने आशङ्कामा उत्तर कोरियामा केही हप्तादेखि क्वारन्टाइन बस्न बाध्य पारिएका झन्डै ६० विदेशी नागरिकहरूले प्योङ्‌याङ छोडेका छन् ।

उनीहरूलाई लिएर एक महिनाभन्दा बढी समयपछि एउटा विमान रुस गएको एनके न्यूजले जनाएको छ । उत्तर कोरियाको उक्त राष्ट्रिय ध्वजावाहक विमान सुदूरपूर्वी रुसको भ्लादिभोस्तोकमा सोमवार बिहान अवतरण गरिसकेको छ ।

उत्तर कोरिया छोड्नेमा विदेशी कूटनीतिज्ञ र दूतावासका कर्मचारीहरू रहेको बीबीसीले जनाएको छ ।

फेब्रुवरीदेखि मार्च पहिलो सातासम्म उनीहरूलाई आफ्नो हाताबाट बाहिर निस्किन दिइएको थिएन । कोरोनाभाइरस सङ्क्रमण फैलिने डरले उत्तर कोरियाले राजधानी प्योङ्‌याङमा भएका सयौँ विदेशी नागरिकलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिएको थियो ।

रुसका राजदूत एलेक्सान्दर मात्सेगोराले त्यो परिस्थिति “बाध्यकारी” भएको टिप्पणी गरेका छन् ।

उत्तर कोरियामा अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमण फेला परेको पुष्टि भएको छैन। तर केही विज्ञहरू त्यसप्रति शङ्का व्यक्त गर्छन् । उत्तर कोरियाको सीमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप खेपिरहेका चीन र दक्षिण कोरियासँग जोडिएको छ ।

उडान केओआर २७१ स्थानीय समायानुसार बिहान ८:४० बजे प्योङ्‌याङबाट उडेको र भ्लादिभोस्तिकमा १०:४७ मा अवतरण गरेको विवरण फ्लाइटअवेअर वेबसाइटले प्रकाशित गरेको छ ।

उक्त विमानमा कम्तीमा ६० कूटनीतिज्ञ र कूटनीतिक नियोगका कर्मचारीहरू भएको बताइन्छ ।

उनीहरू कसरी र कहिले आफ्नो देश जान्छन् भन्ने स्पष्ट छैन । उत्तर कोरियाका लागि ब्रिटिश राजदूतले सोमवार बिहान ट्वीट गर्दै “जर्मन दूतावास र फ्रान्सको कार्यालयका सहकर्मीहरूलाई” बिदा गर्दा आफू दु:खी भएको लेखेका छन्।

राजदूत कोलिन क्रूक्सका अनुसार अन्य दूतावास अस्थायी रूपमा बन्दै हुने भए पनि ब्रिटिश दूतावास खुला रहनेछ । उनले कर्मचारीहरूलाई विमानस्थल लैजाँदै गरेका दुईवटा सवारीसाधनको तस्बिर ट्विटरमा प्रेषित गरेका छन् ।

स्वीडनका राजदूत योआखिम ब्यार्गस्टोर्मले आफ्नो सेल्फीसहित ट्विटरमा लेखेका छन्: “म यसअघि किम इल सङ स्क्वाएरमा उभिँदा यति खुसी भएको थिइनँ।”

तर अहिले पनि विदेशीहरूलाई रेस्टुराँ, पसल, व्यायामशाला र होटलमा जान तथा स्थानीय बासिन्दासँग भेटघाट गर्न नदिइएको एनके न्यूजले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय समुदायबाट विभिन्न प्रतिबन्ध खेपिरहेको उत्तर कोरियामा ठूलो महामारी फैलिए बिरामीको उपचार गर्न पर्याप्त क्षमता नभएको आशङ्का व्यक्त गरिएको छ ।

अहिलेसम्म विश्वभरि १,०७,००० भन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण र झन्डै ३,६०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १२ : ०४ बजे

पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड सम्पत्तिको खुलेन स्रोत

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटीमण्डपस्थित पर्यटन विभागका एकजना निर्देशक

बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभिनु पर्छ : सांसद सूर्यप्रसाद ढकाल 

काठमाडौं– सत्तारूढ नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकालले लुम्बिनी प्रदेशका दुई

वर्षमानको दाबी- अघिल्लो सरकारको राम्रा कामले अहिले अर्थतन्त्रका सूचकमा सकारात्मक संकेत देखियो

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अघिल्लो सरकारले गरेका राम्रा

सांसद अमरेशकुमार सिंहको आरोप- ‘भाउजू’का कारण डा. रामेशले देश छाडेर जानुपर्‍यो

काठमाडौं – स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले देशलाई नेता, विचौलिया

चिकित्सा शिक्षा आयोगको २१औँ बैठक : सङ्ख्या वृद्धिसहित सिट निर्धारण

काठमाडौं– चिकित्सा शिक्षा आयोगको २१औँ बैठकले यस शैक्षिकसत्रका लागि चिकित्सा शिक्षाको