कर्णालीका २५० छोरीबुहारी पढाउँदै प्रदेश सरकार | Khabarhub Khabarhub

कर्णालीका २५० छोरीबुहारी पढाउँदै प्रदेश सरकार


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली प्रदेश सरकारले २५० छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम प्रभाकारी देखिएको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा १५० लाई छात्रवृत्ति प्रदान गरेको छ भने चालू आर्थिक वर्षमा १०० लाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियन, रेडियोलोजिष्ट, बाली विज्ञान, बागवानी, पशुविज्ञान, इञ्जिनीयरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्न प्रदेश सरकारले छात्रवृत्ति प्रदान गरेको हो । कर्णालीका छोरीबुहारीको प्राविधिक शिक्षामा पहुँच बढाउन छात्रवृत्ति प्रदान गर्न लागिएको सामाजिक विकासमन्त्री दल रावलले बताए ।

“डिप्लोमा अध्ययन पूरा गर्दासम्मका लागि प्रदेश सरकारले नियमित छात्रवृत्ति उपलब्ध गराउँछ”, उहाँले भन्नुभयो, “अघिल्लो शैक्षिक सत्रका १५० छोरीबुहारीका साथै चालू शैक्षिक सत्रमा थप १०० लाई छात्रवृत्ति प्रदान गर्छौं ।” प्रदेश सरकारले छोरीबुहारी प्राविधिक शिक्षाका लागि चालू आर्थिक वर्षमा रु एक करोड छुट्याएको छ । प्राविधिक शिक्षामा छोरीबुहारीको पहुँच बढाउनुका साथै कर्णालीमा दक्ष प्राविधिक उत्पादन गर्न यो कार्यक्रम प्रभावकारी भएको मन्त्री रावलले बताए ।

उनले भने “यसलाई आगामी वर्ष पनि निरन्तरता दिन्छौ ।” अघिल्लो वर्ष छात्रवृत्ति प्राप्त गरेका छोरीबुहारी अहिले विभिन्न कलेजमा पढ्दै गरेका मन्त्री रावलले बताए । अघिल्लो आर्थिक वर्ष प्रदेश सरकारले छोरीबुहारी छात्रवृत्तिका लागि रु एक करोड ३० लाख ३६ हजार १०० छुट्याइएको थियो । अध्ययन सकेपछि छोरीबुहारी प्रदेश सरकारले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने हुन्छ ।

यसका लागि प्रदेश सरकाले छात्रवृत्ति प्राप्त गरेकासँग लिखित सम्झौता गरेको छ । प्रदेश सरकारले एक जनालाई न्यूनतम रु ६६ हजारदेखि रु एक लाख ३० हजारसम्म छात्रवृत्ति दिन्छ । प्रदेश सरकारले छोरीबुहारीका निम्ति गरेको लगानी प्रभावकारी देखिनुका साथै कर्णालीका छोरीबुहारीको प्राविधिक शिक्षामा पहुँच बढेको मन्त्री रावलको भनाइ छ । कार्यक्रममा सहभागी हुनका लागि सरकारी विद्यालयबाट एसएलसी उत्र्तीण हुनुपर्ने छ ।

त्यसैगरी कर्णालीको स्थानीय बासिन्दा हो भन्ने स्थानीय तहले सिफारिस गर्नुका साथै प्राविधिक विषय अध्ययनका लागि भर्ना भई नियमित अध्ययनका साथै अन्य कुनै सरकारी छात्रवृत्ति नभएकालाई मात्रै यो कार्यक्रममा समावेश गरिने छ । अनाथ, असाहयका हकमा भने निजी शैक्षिक संस्थाबाट एसइई उत्र्तीण गरेकाले पनि छात्रवृत्ति पाउनेछन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ५ : ४९ बजे

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

रसुवा– चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले

नवराज सुवेदीले चैत ४ मा भनेका थिए- राजा ल्याउन लागेँ, आजैदेखि राप्रपाको साधारण सदस्यसमेत रहन्न

काठमाडौं- राजावादी आन्दोलनको माहोल तातेपछि हौसिएका ८६ वर्षीय नवराज सुवेदीले

यस्ता छन्, राष्ट्रिय जनसङ्ख्या नीति २०८२ का १६ लक्ष्य

काठमाडौं– सरकारले १५ वर्षदेखि १९ वर्षमुनिका किशोरीको प्रजनन दर घटाउनेदेखि

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप आक्रमण

प्रधानमन्त्रीले भने- स्पेनमा मान्छे छाडेर आयो भनेर झुट प्रचार गरियो

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति