कर्णालीका २५० छोरीबुहारी पढाउँदै प्रदेश सरकार « Khabarhub

कर्णालीका २५० छोरीबुहारी पढाउँदै प्रदेश सरकार


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली प्रदेश सरकारले २५० छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम प्रभाकारी देखिएको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा १५० लाई छात्रवृत्ति प्रदान गरेको छ भने चालू आर्थिक वर्षमा १०० लाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियन, रेडियोलोजिष्ट, बाली विज्ञान, बागवानी, पशुविज्ञान, इञ्जिनीयरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्न प्रदेश सरकारले छात्रवृत्ति प्रदान गरेको हो । कर्णालीका छोरीबुहारीको प्राविधिक शिक्षामा पहुँच बढाउन छात्रवृत्ति प्रदान गर्न लागिएको सामाजिक विकासमन्त्री दल रावलले बताए ।

“डिप्लोमा अध्ययन पूरा गर्दासम्मका लागि प्रदेश सरकारले नियमित छात्रवृत्ति उपलब्ध गराउँछ”, उहाँले भन्नुभयो, “अघिल्लो शैक्षिक सत्रका १५० छोरीबुहारीका साथै चालू शैक्षिक सत्रमा थप १०० लाई छात्रवृत्ति प्रदान गर्छौं ।” प्रदेश सरकारले छोरीबुहारी प्राविधिक शिक्षाका लागि चालू आर्थिक वर्षमा रु एक करोड छुट्याएको छ । प्राविधिक शिक्षामा छोरीबुहारीको पहुँच बढाउनुका साथै कर्णालीमा दक्ष प्राविधिक उत्पादन गर्न यो कार्यक्रम प्रभावकारी भएको मन्त्री रावलले बताए ।

उनले भने “यसलाई आगामी वर्ष पनि निरन्तरता दिन्छौ ।” अघिल्लो वर्ष छात्रवृत्ति प्राप्त गरेका छोरीबुहारी अहिले विभिन्न कलेजमा पढ्दै गरेका मन्त्री रावलले बताए । अघिल्लो आर्थिक वर्ष प्रदेश सरकारले छोरीबुहारी छात्रवृत्तिका लागि रु एक करोड ३० लाख ३६ हजार १०० छुट्याइएको थियो । अध्ययन सकेपछि छोरीबुहारी प्रदेश सरकारले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने हुन्छ ।

यसका लागि प्रदेश सरकाले छात्रवृत्ति प्राप्त गरेकासँग लिखित सम्झौता गरेको छ । प्रदेश सरकारले एक जनालाई न्यूनतम रु ६६ हजारदेखि रु एक लाख ३० हजारसम्म छात्रवृत्ति दिन्छ । प्रदेश सरकारले छोरीबुहारीका निम्ति गरेको लगानी प्रभावकारी देखिनुका साथै कर्णालीका छोरीबुहारीको प्राविधिक शिक्षामा पहुँच बढेको मन्त्री रावलको भनाइ छ । कार्यक्रममा सहभागी हुनका लागि सरकारी विद्यालयबाट एसएलसी उत्र्तीण हुनुपर्ने छ ।

त्यसैगरी कर्णालीको स्थानीय बासिन्दा हो भन्ने स्थानीय तहले सिफारिस गर्नुका साथै प्राविधिक विषय अध्ययनका लागि भर्ना भई नियमित अध्ययनका साथै अन्य कुनै सरकारी छात्रवृत्ति नभएकालाई मात्रै यो कार्यक्रममा समावेश गरिने छ । अनाथ, असाहयका हकमा भने निजी शैक्षिक संस्थाबाट एसइई उत्र्तीण गरेकाले पनि छात्रवृत्ति पाउनेछन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ५ : ४९ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको