युएईमा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

युएईमा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त अरव इमिरेट्स (युएई)मा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा दुई जना नेपालीलाई पनि कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् सूचना जारी गर्दै त्यहाँको स्वास्थ्य मन्त्रालयले दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखा परेको पुष्टि गरेको हो ।

सूचनामा कोरोनाका थप १४ जना नयाँ संक्रमित फेला परेको उल्लेख छ । यससँगै यूएईमा कोरोना संक्रमित संख्या ५९ पुगेको छ ।

नयाँ संक्रमितमध्ये दुई नेपालीसहित ४ इमिरेटी, तीन इटालियन, दुई बंगलादेशी, एक रुसी, एक भारतीय र एक सिरियाली नागरिक छन् ।

सघन एवं सक्रिय अनुसन्धानपछि नयाँ संक्रमितहरु फेला परेको स्वास्थ्य मन्त्रालयको सूचनामा जनाइएको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको छ । हाल विश्वका १ सय ९ भन्दा बढी मुलुकहरुमा फैलिसकेको छ भने ३ हजार ८ सय ८४ जनाको कोरोनाका कारण मृत्यु भैसकेको छ ।

विश्वभर १ लाख ११ हजार ६ सय ४२ जना सो भाइरसबाट संक्रमित भएका छन् ।

यूएइको स्वास्थ मन्त्रालयले जारी गरेको विज्ञप्ति 

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : ०२ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको