अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ४ लाख २८ हजार बढी « Khabarhub

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ४ लाख २८ हजार बढी


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकामा कोरोना भाइरसको संक्रमणले जनजीवन निकै कष्टकर बनेको छ ।

हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ४ लाख २८ हजारभन्दा बढी रहेको छ । अमेरिकामा संक्रमणको दर दैनिक बढ्दो छ ।

मंगलबार र बुधबार यी दुई दिनमा मात्र कोरोनाका कारण अमेरिकामा करिव ४ हजारले ज्यान गुमाएका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८९५ बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १४ हजार ७३६ पुगेको छ ।

अमेरिकामा एकैदिन २८ हजार ११ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख २८ हजार ३४६ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २२ हजार ३१४ जना उपचारपछि निको भएका छन् । ९ हजार २ सय ३४ जनाको अवस्था गम्भीर रहेको । ३ लाख ९० हजार ११९ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।
यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८८ हजार ३३४ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १५ लाख ९ हजार ६७८ पुगेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ६ : ०० बजे

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको