अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ४ लाख २८ हजार बढी « Khabarhub

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ४ लाख २८ हजार बढी


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकामा कोरोना भाइरसको संक्रमणले जनजीवन निकै कष्टकर बनेको छ ।

हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ४ लाख २८ हजारभन्दा बढी रहेको छ । अमेरिकामा संक्रमणको दर दैनिक बढ्दो छ ।

मंगलबार र बुधबार यी दुई दिनमा मात्र कोरोनाका कारण अमेरिकामा करिव ४ हजारले ज्यान गुमाएका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८९५ बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १४ हजार ७३६ पुगेको छ ।

अमेरिकामा एकैदिन २८ हजार ११ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख २८ हजार ३४६ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २२ हजार ३१४ जना उपचारपछि निको भएका छन् । ९ हजार २ सय ३४ जनाको अवस्था गम्भीर रहेको । ३ लाख ९० हजार ११९ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।
यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८८ हजार ३३४ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १५ लाख ९ हजार ६७८ पुगेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ६ : ०० बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,