एकाबिहानै लकडाउन उल्लंघन गर्ने १ हजार ३७८ जना पक्राउ « Khabarhub

एकाबिहानै लकडाउन उल्लंघन गर्ने १ हजार ३७८ जना पक्राउ


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने १ हजार ३ सय बढीलाई पक्राउ गरेको छ ।

आज बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार ३७८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जसमा १ हजार १ सय पुरुष र २७८ जना महिला रहेको प्रहरीले जनाएको छ । यस्तै लकडाउन उल्लङ्घन गर्दै चलाइएका २ सय ४९  सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले यी गाडी अत्यावश्यक बाहेकमा कामका लागि चलाएको पाइए दिनभरि होल्ड गरेर बेलुकीमात्रै फिर्ता गर्ने गरेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले लागू गरेको लकडाउनकाे आज १६ औं दिन पुगेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ८ : ३६ बजे

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

सेती पुलको निरीक्षणमा मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने र

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र