सुदूरपश्चिमका चार जनामा कोराना स‌ंक्रमणपछि स्क्रिनिङमा तीव्रता | Khabarhub Khabarhub

सुदूरपश्चिमका चार जनामा कोराना स‌ंक्रमणपछि स्क्रिनिङमा तीव्रता


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- सुदूरपश्चिमका चार जनामा कोराना भाइरसको सङ्क्रमण देखिएपछि डडेल्धुरा अस्पतालले स्क्रिनिङ गर्ने कार्यमा तीव्रता दिएको छ ।

अस्पतालमा भारतसहित तेस्रो मुलुकबाट आएकाको स्क्रिनिङ गर्न थालिएको हो ।

सामान्य ज्वरोदेखि रुघाखोकी लागेकाका पनि स्वाब परीक्षणका लागि पठाइन थालिएको डडेलधुरा अस्पतालका निमित्त मेडिकल प्रमुख डा जगदीशचन्द्र विष्टले बताए ।

स्थानीयमा पहिलोपटक सुदुरपश्चिममा कोरना भाइरसको सङ्क्रमण देखिएसँगै डडेल्धुरा अस्पतालमा दिनहुँ दुई–तीन जनाको स्क्रिनिङ गरेर स्वाब परीक्षणका लागि पठाइन थालिएको उनले बताए ।

अहिलेसम्म डडेल्धुरा अस्पतालमा दुई आइसोलेसनमा छन् । धनगढीमा कोरना भाइरसको परीक्षणका लागि ल्याब सञ्चालनमा आएपछि परीक्षणका लागि सहज भएको छ । जिल्लाभरि १०४ क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका बरिष्ठ जनस्वास्थ्य प्रशासक ओशुतोष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ९ : ४२ बजे

नेपालमा एकैदिन पाँच हजार ५७ पिन्ट रक्तदान (तस्बिरहरू)

काठमाडौँ – नेपालमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार एकैदिन पाँच

स्वयम्भू मेलामा दुई लाख बढीले गरे अवलोकन

काठमाडौं– स्वयम्भूमा जारी एकमहिने मेलामा दुई लाख बढी भक्तजनले दर्शन

झोलुङ्गे पुल बनेपछि यात्रा सहज

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि

फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो