रियलले पनि खेलाडीको तलब काट्ने « Khabarhub

रियलले पनि खेलाडीको तलब काट्ने


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस महारथि फुटबल क्लब रियल मड्रिडले आप्ना खेलाडीको १० देखि २० प्रतिशतसम्म तलब कटौति गर्ने निर्णय गरेकोछ ।

कोरोना भाइरस (कोभिड १९) ले क्लबलाई आर्थिक संकट सिर्जना गराएको भन्दै खेलाडीको तलबमा कटौति गर्ने निर्णय गरेको हो ।

क्लबलाई आर्थिक भार परेको भन्दै रियलले खेलाडीको तलब काट्ने निर्णय गरेको हो । स्पेनमा मार्च मध्यदेखि खेलकुद गतिविधि सबै ठप्प छन् । रियलले खेलाडी, प्रशिक्षक तथा कर्मचारीको तलब काट्ने निर्णय गरेको जनाएको छ ।

खेलाडीको तलब काट्ने निर्णय यसअघि बार्सिलानादेखि अमेरिकाका क्लबहरुले पनि गरिसकेका छन् ।

कोरोनाले असर गरेका देशहरुमा स्पेन पनि मुख्य प्रभावित देश हो । स्पेनमा अहिलेसम्म १४हजारभन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेको छ ।

यस्तै, संक्रमितको संख्या १ लाख ४८हजारभन्दा बढी रहेका छन् भने उपचारपछि ४८ हजार घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ९ : ५० बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका