कोरोनाभाइरस नियन्त्रणबारे चीनले गरेका दावीहरु किन गलत छन् ? « Khabarhub

कोरोनाभाइरस नियन्त्रणबारे चीनले गरेका दावीहरु किन गलत छन् ?


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबारे चीनले आधिकारिक तथ्यांक सार्वजनिक नगरेको आरोप लगाइएको छ ।

अमेरिका लगायतका विभिन्न मुलुकका विज्ञहरुले चीनले कोरोनाभाइरस सम्बन्धी तथ्य लुकाएकाे आरोप लगाएका हुन् ।

बीबीसीका रोबिन ब्रान्टले लेखेका थिए- चीनले सार्वजनिक गरेका तथ्यांकहरूबारे भरोसा गर्न सकिँदैनन् । चीनले कुनै नयाँ घटनाहरु बाहिर ल्याउन चाहेको छैन ।

चीनले गत ७ अप्रिलसम्म ८१ हजार ७४० संक्रमित र ३ हजार ३३१ को मृत्यु भएको घटना बाहिर ल्याएको छ । यही तथ्यलाई लिएर कोरोना संक्रमित मुलुकहरुले चीनले संक्रमणको दर रोकेकोमा प्रसंशा गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहोमले चीनले कोरोना रोकथाम गरेकोमा धन्यवाद दिए पनि प्रस्तुत तथ्यांकप्रति आशंका समेत रहेको जनाएका छन् ।

गत हप्ता ब्रिटिश सरकारका वरिष्ठ मन्त्री माइकल गोवेले बीबीसीसंग कुरा गर्दै भनेका थिए- चीनबाट प्रस्तुत भइरहेको तथ्यांक स्पष्ट छैनन्, यी तथ्यांकमाथि शंका गर्ने धेरै ठाउँ छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता भनेका थिए- ‘चीनमा संक्रमण र मृत्युको संख्या कम देखिएकोप्रति विश्वास गर्न सकिने आधार छैन ।’

चीनमा कोभिड-१९ प्रकोपको संख्यामा कमी भएकोप्रति अमेरिकी सांसदहरूले समेत आशंका गरेका छन् ।

विश्वमा कोरोना संक्रमितका घटनाहरु बढदै गर्दा अमेरिकाले चीनले  संक्रमण र मृत्युको तथ्यांक सार्वजनिक गर्न पूर्ण इमान्दार नदेखिएको जनाएको छ ।

चीनले कोरोना संक्रमणका तथ्यहरु लुकाएकाे हुँदा अन्य क्षेत्रमा समेत इमान्दारिता गुमाउने उनीहरुको दाबी छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ११ : २८ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६