कोरोना संक्रमित किशोरीलाई मुख्यमन्त्रीको फोन– तपाईंको स्वास्थ्यमा सुधार भइरहेको छ « Khabarhub

कोरोना संक्रमित किशोरीलाई मुख्यमन्त्रीको फोन– तपाईंको स्वास्थ्यमा सुधार भइरहेको छ


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बाग्लुङकी १९ वर्षीया कोरोना संक्रमित किशोरीलाई फोन गरी सान्त्वना दिएका छन् ।

मुख्यमन्त्री गुरुङले बाग्लुङकी १९ वर्षीया कोरोना संक्रमित किशोरीलाई फोन गरेर मन दह्रो बनाएर कोरोनालाई परास्त गर्न पनि आग्रह गरेका छन् ।

‘मन दह्रो बनाउनुहोस् । उपचारपछि धेरै मान्छेहरु ठीक भएका छन् । मैले डाक्टरहरुसँग कुरा गर्दा तपाईंको स्वास्थ्यमा पनि प्रगति भइरहेको जानकारी प्राप्त गरे । अझैं पनि म तपाईंलाई फोन गरिरहन्छु,’ मुख्यमन्त्री गुरुङले कोरोना संक्रमित युवतीलाई फोन गर्दै दिएको आश्वासन उद्धृत गर्दै उनको सचिवालयले भन्यो ।

गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै उनी नेपाल आइपुगेकी थिइन् । कतार एयरवेजेका जहाजमा आएका उनीसहित अन्य २ जनालाई पनि कोरोना संक्रमण देखिएको थियो ।

उनको अहिले बाग्लुङ सदरमुकामस्थित धौलागिरी अस्पतालमा उपचार भइरहेको छ । मुख्यमन्त्री गुरुङले अझै ३–४ पटक कोरोनाको परीक्षण गर्नुपर्ने र पूर्ण रुपमा नेगेटिभ भएको सुनिश्चित भएपछि मात्रै घर जान उनलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  १ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै