कोरोनाभाइरस संक्रमितको संख्या १५ लाख नाघ्यो, अमेरिकामा मात्रै ४ लाख ३५ हजार बढी « Khabarhub

कोरोनाभाइरस संक्रमितको संख्या १५ लाख नाघ्यो, अमेरिकामा मात्रै ४ लाख ३५ हजार बढी


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वमा १५ लाख बढी संक्रमित भएका छन् । विहीबार साँझसम्म कोरोना संख्या १५ लाख नाघेको  वर्ल्ड मिटर्स डट इन्फोले देखाएको हो ।

समाचार तयार गर्दासम्म विश्वभर १५ लाख ३६ हजार ९१ जनामा संक्रमण भेटिएको वर्ल्ड मिटर्सले जनाएको छ । हालसम्म ८९ हजार ८७७ जनाको मृत्यु भएको छ । संक्रमितमध्य ३ लाख ४० हजार बढी संक्रमणपछि निको भइसकेका छन् ।

११ लाख ६ हजार १ सय ३९ जनामा संक्रमण कायम छ । यसमध्ये ९६ प्रतिशतमा सामान्य लक्षण देखिएको छ भने ४ प्रतिशत अर्थात ४८ हजार ४ सय बढीको अवस्था गम्भीर रहेको छ ।

हालसम्म कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । अमेरिकामा ४ लाख ३५ हजार १ सय ६५ जनामा संक्रमण देखिएको छ । १४ हजार ७ सय ९७ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी स्पेनमा

स्पेनमा १ लाख ५२ हजारभन्दा बढी संक्रमित भएका छन् १५ हजार २ सय बढीले ज्यान गुमाएका छन् । यसैगरी  इटलीमा १ लाख ३९ हजारभन्दा बढी स‌क्रमित भएका छन् । जसमध्ये १७ हजार ६६९ जनाले ज्यान गुमाएका छन् ।

जर्मनीमा पनि १ लाख १३ हजारभन्दा बढी र फ्रान्समा १ लाख १२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

कोरोना भाइरसको शुरुवात भएको चीनमा भने ८१ हजार ८ सय बढी संक्रमित छन् । चीनमा संक्रमण दर निकै न्यून देखिएको छ ।

इटलीमा सर्वाधिक धेरै (समाचार तयार गर्दासम्म) १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ । चीनमा सर्वाधिक धेरै (समाचार तयार गर्दासम्म) ७७ हजार ३ सय ७० संक्रमित निको भएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ७ : १५ बजे

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले