नयाँ शैक्षिक सत्रलाई ७५ लाख पाठ्यपुस्तक छापिए « Khabarhub

नयाँ शैक्षिक सत्रलाई ७५ लाख पाठ्यपुस्तक छापिए


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका एक करोड ७५ लाख थान पुस्तक छपाइको काम सकेको जनाएको छ ।

कक्षा १ देखि १० सम्मका यी पुस्तक ढुवानीको व्यवस्था भएमा जेठ १५ भित्रै विद्यार्थीको हातमा पुग्ने बताइएको छ । केन्द्रले बन्दाबन्दीको यस अवधिमा पनि पुस्तक छपाइको काममा निरन्तरता दिएको छ ।

सुरुमा एक साता छपाइ कार्य बन्द गरिए पनि त्यसपछि सुचारु गरिएको थियो । हाल केन्द्रका दुईवटा छापाखानामा ३० जति कर्मचारी दैनिक परिचालन गरिएको छ । छपाइ भएका पुस्तक वितरणको कामसमेत गरिएको जनाइएको छ ।

प्रत्येक वर्ष पाठ्यपुस्तक समयमा विद्यार्थीलाई उपलब्ध नहुँदा उनीहरूको अध्ययनमा समस्या आउनेगरेको छ । यस वर्षका लागि अब २० लाख थान पुस्तक छपाइ गर्ने केन्द्रको योजना छ ।

अबको तीन सातामा पुस्तक छपाइको सबै कार्य टुङ्गोमा पुर्‍याउने केन्द्रको योजना छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण जारी बन्दाबन्दी (लकडाउन) को अवधिमा ढुवानीको सुविधा हुनसके आगामी जेठ १५ सम्म सबै विद्यार्थीको हातमा नयाँ पुस्तक पुर्‍याइने भएको छ ।

बन्दाबन्दीको समयमा औषधि र तरकारी जस्तै पुस्तकमा पनि ढुवानीको सुविधा दिइए जेठ आधाआधीमा सबै विद्यालयमा पुस्तक पुर्‍याउने योजना जनक शिक्षा सामग्री केन्द्रले बनाएको छ ।

केन्द्रका महाप्रबन्धक महेशप्रसाद तिमिल्सिनाले विद्यालय मार्फत जेठ १५ सम्म विद्यार्थीको हातमा पुस्तक पुर्‍याउने गरी काम भइरहेको जानकारी दिएका छन् । ढुवानीमा परेको समस्याका बारेमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई समेत जानकारी गराइएको छ ।

मन्त्रीले सरकारका तर्फबाट ढुवानी सहज बनाउने आश्वासन दिएको जनाइएको छ । बन्दाबन्दी खुलेको केही दिनपछि विद्यालय सञ्चालनमा आएको अवस्थामा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने कुरामा कुनै समस्या नहुने उनको भनाइ छ ।

उपत्यकामा पछि ढुवानी

केन्द्रबाट छपाइ भएका पुस्तक पोखरा, जनकपुर, नारायणगढमा ढुवानीको केही काम भए पनि विराटनगर, नेपालगञ्ज र धनगढीमा भने समस्या भएको महाप्रबन्धकले जानकारी दिए।

ढुवानी गरेर क्षेत्रीय कार्यालयमा पुर्‍याएपछि डिलर मार्फत विद्यालय र विद्यार्थीको हातमा पुग्न केही दिन लाग्ने भएकाले ढुवानीलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

काठमाडौँ आसपासका ठाउँभन्दा बाहिरको स्थानलाई प्राथमिकता दिएर ढुवानी गरिनेछ । पुस्तकको छपाइमा यस पटक कागजको भने समस्या नरहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ७ : ३३ बजे

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने