कञ्चनपुरमा आजदेखि लकडाउन खुकुलो बनाइँदै « Khabarhub

कञ्चनपुरमा आजदेखि लकडाउन खुकुलो बनाइँदै


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन डेढ महिनादेखि लागू लकडाउन कञ्चनपुरमा केही खुकुलो पारिएको छ।

यही वैशाख २४ गते मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार शनिबारदेखि जिल्ला प्रशासनले लकडाउन केही खुकुलो बनाएको हो।

सरकारले औद्योगिक (मदिराबाहेक) क्षेत्र खुला गर्ने निर्णय गरेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नुरहरि खतिवडाका अनुसार आज (शनिबार)देखि लागू हुने गरी ३ घण्टा (बिहान ५ बजेदेखि ८ बजेसम्म) बजार खोल्न अनुमति दिइएको हो।

उनका अनुसार तोकिएका स्वास्थ्य सुरक्षा उपाय अपनाएर खाद्यान्न, फलफूल, तरकारी र दुग्धजन्य पदार्थलगायत अत्यावश्यक सामाग्री बिक्री गर्ने पसल खोल्न अनुमति दिइएको छ।

यस्तै राति ९ बजेदेखि बिहान ९ बजेसम्म औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु बोकेका साधन कञ्चनपुर प्रवेश, साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म विकास आयोजनामा प्रयोग हुने उपकरण, सिमेन्ट, छडलगायत निर्माण सामाग्री बोकेका गाडी सञ्चालन, बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक बिक्रीको अनुमति लिएका पुस्तक पसल सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ।

बैंक तथा वित्तीय संस्था, अति आवश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय, सार्वजनिक संस्थामा अति आवश्यक न्यूनतम कर्मचारीलाई आलोपालो मिलाई कार्य सञ्चालन गर्न सकिने छ।

शैक्षिक संस्था, सिनेमा हल, पार्टी प्लेस, सार्वजनिक जमघट, धार्मिक स्थलमा हुने भेला एवं धार्मिक तथा सांस्कृतिक कार्यक्रम, खेलकुद स्थल, सैलुन तथा ब्युटी पार्लर, होटल/बार/रेस्टुरेन्ट, फ्रेस हाउस तथा मासु पसल भने बन्द नै राख्नुपर्नेछ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले देशमै पहिलोपटक चैत ९ गते राति १२ बजेदेखि लागू हुने गरी अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्किन प्रतिबन्ध लगाएको थियो।

सरकारले देशव्यापी रुपमा भने चैत ११ देखि लकडाउन लगाएको छ । पछिल्लोपटक थप गरिएको लकडाउन अवधि जेठ ५ गतेसम्म छ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १० : ०१ बजे

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक

झापामा मकै उत्पादनमा ह्रास

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिको गम्भीर ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति

मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान  कुसंस्कारले

युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित

पेरिस- युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको तीव्र गर्मीको लहरका