छहारीलाई हिमाली ट्रष्टको सहयोग « Khabarhub

छहारीलाई हिमाली ट्रष्टको सहयोग


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका वडा नं ७ हात्तीगौँडास्थित छहारी भवनबाट दैनिक वितरण हुँदै आएको निःशुल्क भोजन अभियानलाई हिमाली ट्रष्टले सहयोग गरेको छ ।

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा समस्यामा परेका मजदुर तथा विपन्न वर्गलाई सो भवनबाट निः शुल्क भोजनको व्यवस्था मिलाइएको छ ।

उक्त ट्रष्टले ७४ बोरा चामल सहयोग गरेको छहारी संस्थाको अध्यक्ष लिली थापाले जानकारी दिए । उनका अनुसार निःशुक भोजन अभियान शुरु भएको २३औँ दिनसम्म २५ हजार विपन्न नागरिकलाई भोजन उपलब्ध गराइसकेको छ ।

यो अभियानलाई लकडाउन अवधिभर जारी राख्ने बताइएको छ । ट्रष्टले विभिन्न संस्था तथा व्यक्तिलाई वितरण गरेको सामग्री खाद्य तथा स्वास्थ्य रहेको छ । यस्तै कोषले आर्यघाटमा रहेर शव व्यवस्थापनमा खटिएका कर्मचारीलाई पिपिइ, मास्क र स्यानिटाइजर वितरण गरेको छ ।

ट्रष्टले कालीमाटी फलफूल तथा तरकारी बजार, नक्साल, चावहिल, जोरपाटी, कोटेश्वरमा रहेको व्यापारीलाई मास्क, पञ्जा, डिसइन्फेक्सन र स्प्रे वितरण गरेको थियो ।

यसैगरी पशुपति क्षेत्र विकास कोषलाई २० बोरा चामल, ४०० केजी दाल र एकल महिलाका लागि काम गर्दै आएको छहारी संस्थालाई ७४ बोरा चामल वितरण गरेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १२ : १० बजे

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री