रूसले ७५ औँ विजय दिवस कोभिड–१९ को अन्त्यपछि मनाउने « Khabarhub

रूसले ७५ औँ विजय दिवस कोभिड–१९ को अन्त्यपछि मनाउने


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रूसले ७५ औँ विजय दिवस कोभिड–१९ को अन्त्यपछि शानदाररूपमा विशेष उत्सवका साथ मनाउने रूसी राष्ट्रपतिले शनिबार बताएका छन् ।

राष्ट्रपति भ्लादिमीर पुटिनले शनिबार भने , “कोभिड–१९ महामारीको समाप्तिपछि भव्य देशभक्त युद्धको विजयको ७५ औँ वर्षगाँठ मनाउने छ । रूसले महामारीको अन्त्यपछि ‘व्यापक तथा शानदार’ समारोहबीच ७५ औँ विजय वर्षगाँठलाई मनाइनेछ ।

क्रेमलिनको पर्खाल बाहिर दोस्रो विश्वयुद्धमा तत्कालिन सोभियत संघको तर्फबाट युद्ध लड्ने क्रममा ज्यान गुमाएका ज्ञात अज्ञात शहीदहरूप्रति फूलमाला अर्पण गरेपछि पुटिनले राष्ट्रका नाममा सम्बोधन गर्दै भने, “हामी विजय दिवसको सम्झनामा शानदार समारोह गर्नेछौँ र यसले देशभक्त योद्धाहरूको सम्मान हुनेछ र यो राज्यको कर्तव्य हो।”

“विजय दिवसको आत्मिक, नैतिक तथा उत्कृष्ट महत्व सधैं रहन्छ र यसप्रति हाम्रो दृष्टिकोण पवित्र छ । यो हाम्रो स्मृति र गौरव हो, हाम्रो देशको इतिहास, प्रत्येक परिवारको इतिहास हो,” उहाँले रूसी जनतालाई विजय दिवसका अवसरमा वधाई तथा धन्यवाद ज्ञापन गरे ।

रूसले मे ९ लाई हरेक वर्ष विजय दिवसका रूपमा मनाउने गर्छ र उक्त दिन रूसमा राष्ट्रिय विदा पनि दिइन्छ ।

रूसबाट नाजी शासनको अन्त्य भएको घोषणा गर्दै यसै दिन वैधरूपमा एक कानूनी घोषणा गरिएको कागजातमा हस्ताक्षर गरिएको थियो । तत्कालिन सोभियत राष्ट्र रूसमा महान् देशभक्त युद्धलाई सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धको अभिन्न अङ्गका रूपमा सम्झिने गरिन्छ ।

विनासकारी उक्त युद्धमा करिब दुई करोड ७० लाख मानिसको मृत्यु भएको विश्वास गरिन्छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : ४० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार