काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री « Khabarhub

काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले नेपाल सरकारलाई अनुदानमा दिएको कोरोनाभाइरस परीक्षण तथा रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।

पहिलो खेपअन्तर्गत हिमालयन एयरलाइन्सको जहाजबाट शनिबार ती स्वास्थ्य सामग्री काठमाडौं पुर्‍याइएको हो ।

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले शनिबार ट्वीट गर्दै चीनबाट टेस्टिङ किट, एन ९५ मास्क, सर्जिकल मास्क, डिस्पोजेवल कोभरअल्स, मेडिकल गगल्स नेपाल आइपुगेको जानकारी दिएकी छन् ।

चीनले के–कस्ता सामग्री उपलब्ध गराएको हो भन्ने बारे भने केही खुलाइएको छैन । यसअघि गत चैत १६ गते पनि चीन सरकारको सहयोगमा केही स्वास्थ्य सामग्री नेपाल ल्याइएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १० : ०० बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी