भारतले लिपुलेकमा सडक बनाएकोप्रति नेकपाको विरोध, निर्माण कार्य तत्काल रोक्न माग | Khabarhub Khabarhub

भारतले लिपुलेकमा सडक बनाएकोप्रति नेकपाको विरोध, निर्माण कार्य तत्काल रोक्न माग


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त वक्तव्य जारी गर्दै भारत सरकारले नेपाली भूमिमा सडक निर्माण गरेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

सिंगो मानव सभ्यता नै कोरोना भाइरस महामारीको चुनौतीसँग जुझिरहेका बेला भारतले सीमा क्षेत्र मिचेर सडक निर्माण गर्नु खेदजनक भएको पनि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले आफ्नो विज्ञप्तीमा उल्लेख गरेका छन् ।

‘नेपाल कम्युनिस्ट पार्टी नेपाल र भारतबीच सार्वभौमिकता र समानतामा आधारित समधुर छिमेकी सम्बन्धमा विश्वास गर्छ,’ अध्यक्षद्वय ओली र प्रचण्डले जारी गरेको वक्तव्यमा भनिएको छ ।

सुगौली सन्धि तथा ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा महाकाली नदी पूर्वको लिम्पियाधुरा, कालापानी र लिपु लेक नेपाली भूमि भएको नेकपाको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेकपाले सडक निर्माणसँग सम्बन्धित सबै काम तत्काल स्थगित गर्न भारतसँग आग्रह गरेको छ । साथै यस्ता गतिविधिहरु पुनः नदोहोर्‍याउन पनि आग्रह गरेको छ ।

भारतले नेपाली भूमि अतिक्रमण गर्दै चीन प्रशासित तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो (सडक) खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए ।

भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको भन्दै नेपालमा यसको विरोध भइरहेको छ ।

यसअघि परराष्ट्रय मन्त्रालयले समेत शनिबार एक वक्तव्य जारी गर्दै सडक निर्माण प्रति आपत्ति जनाएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १० : २३ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको