भरतपुर अस्पताल चितवनमा उपचारारत कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

भरतपुर अस्पताल चितवनमा उपचारारत कोरोना संक्रमितको मृत्यु


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर अस्पतालले फेसबुकमार्फत दिएको जानकारी अनुसार उनको मंगलबार विहान ७ बजेर ५ मिनेटमा मृत्यु भएको हो ।  ६८ वर्षीय ति व्यक्तिलाई नारायणी सामुदायिक अस्पतालको आइसीयूबाट भरतपुर अस्पतालको आइसीयूमा सोमबार साँझ सारिएको थियो ।

भरतपुर महानगरपालिका-११ का ती व्यक्तिलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । मृत्यु भएका व्यक्तिमा सुगर, प्रेसर तथा निमोनियाको पनि समस्या देखिएको अस्पतालले जनाएको छ । उनको मृत्युबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।

 

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १२ : ३३ बजे

ब्याण्डविथ खरिद वापतको भुक्तानीमा कुनै अवरोध छैन : मन्त्रालय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन