भरतपुर अस्पताल चितवनमा उपचारारत कोरोना संक्रमितको मृत्यु « Khabarhub

भरतपुर अस्पताल चितवनमा उपचारारत कोरोना संक्रमितको मृत्यु


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर अस्पतालले फेसबुकमार्फत दिएको जानकारी अनुसार उनको मंगलबार विहान ७ बजेर ५ मिनेटमा मृत्यु भएको हो ।  ६८ वर्षीय ति व्यक्तिलाई नारायणी सामुदायिक अस्पतालको आइसीयूबाट भरतपुर अस्पतालको आइसीयूमा सोमबार साँझ सारिएको थियो ।

भरतपुर महानगरपालिका-११ का ती व्यक्तिलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । मृत्यु भएका व्यक्तिमा सुगर, प्रेसर तथा निमोनियाको पनि समस्या देखिएको अस्पतालले जनाएको छ । उनको मृत्युबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।

 

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १२ : ३३ बजे

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर