एक घर : एक धारा कार्यक्रमबाट दुई लाख ७५ हजार लाभान्वित « Khabarhub

एक घर : एक धारा कार्यक्रमबाट दुई लाख ७५ हजार लाभान्वित


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेश सरकारको एक घर : एक धारा कार्यक्रमबाट प्रदेशका दुई लाख ७५ हजार जनसङ्ख्या लाभान्वित भएका छन् ।

प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा प्रदेशका सबै नागरिकलाई आधारभूत खानेपानी सेवा पुर्‍याउन विशेष कार्यक्रम लागू गरिएको उल्लेख छ ।

आधारभूत खानेपानी सेवा नपुगेका तथा निर्माणाधीन खानेपानी आयोजनाको कार्यक्षेत्रमा समेत नपरेका बस्तीमा १३० खानेपानी आयोजनाको निर्माण कार्य शुरु गरिएको प्रदेश प्रमुख अमिक शेरचनले बताए। एक घर : एक धारा कार्यक्रमअन्तर्गत हालसम्म ९५ आयोजनाबाट २९ हजार ७०० धारा निर्माण सम्पन्न भइसकेको जनाइएको छ ।

भूमिगत, सतह र नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजनाको कार्यान्वयनबाट एक हजार २१७ हेक्टर नयाँ सिँचित क्षेत्र विस्तार भएको नीति तथा कार्यक्रममा उल्लेख छ । पुराना तथा जीर्ण सिँचाइ आयोजनाको स्तरोन्नतिबाट चार हजार २७९ हेक्टर जमीनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको र १७५ सिँचाइ आयोजनाको निर्माण कार्य भइरहेको छ ।

नदी नियन्त्रण र तटबन्ध कार्यक्रमअन्तर्गत १५७ आयोजना कार्यान्वयन गरी २९.४ किलोमिटर लामो तटबन्ध निर्माणबाट बस्ती, बजार, जग्गा र सांस्कृतिक सम्पदाको संरक्षण गरिएको र उक्त कार्यबाट १९७ हेक्टर जमीन उकास भएको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ११ : ०१ बजे

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको